Cultural & Spiritual Camp

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय  अभिभावकज्यूहरु
नमस्कार !
NCSC Spiritual and Cultural Summer Camp को उद्घाटन भोलि शनिबार (जुन ३० तारिख) दिनको ठिक १ बजे हुने जानकारी गराउंदै आफ्ना बच्च्चाहरुलाई ठिक १२ बजे नेपाली मन्दिरमा लिएर आउन हार्दिक अनुरोध गर्दछौं |

Camp अबधिभर सहभागी बालबालिका र volunteer हरुलाई Breakfast, Lunch, snacks मन्दिरमै खुवाउने ब्यबस्था गरिएको छ | साथै २ जोर टीसर्ट र stationary पनि उपलब्ध गराइने छ |

बिगत १० बर्षदेखी DFW नेपाली समाजमा तपाईं हाम्रा बालबालिकाका लागि संचालन हुँदै आइरहेको अध्यात्मिक तथा सांस्कृतिक समर क्याम्प यहि जून ३० तारिख शनिबारदेखि नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (NCSC) मा शुरु हुँदैछ |
समर क्याम्पका मुख्य आकर्षण आदरणीय गुरु श्री चिन्तामणि योगी डालस आइपुग्नु भएको छ |

DFW नेपाली समाजमा बालबालिकाका लागि समर क्याम्पको सुरुवात गर्ने आदरणीय गुरु श्री योगी नेपालमा बिगत २ दशक देखि बालबालिकाको शिक्षामा समर्पित हुनुहुन्छ भने विश्वका विभिन्न मुलुकमा यस्तै क्याम्प संचालन तथा धर्मिक, अद्यात्मिक, सांस्कृतिक एवं नैतिक मुल्यका बारेमा प्रवचनमा ब्यस्त हुनुहुन्छ |
यहि शनिबारदेखि जुन ८ तारिख आइतबार सम्म संचालन हुने NCSC Spiritual and Cultural Summar Camp को मुख्य उद्धेश्य बालबालिकालाई हाम्रो धर्म, संस्कृति, अध्यात्म, नैतिक शिक्षाका बारेमा जानकारी गराउनुका साथै नेपालसंग परिचित गराउनु हो | तसर्थ,  तपाईंहरुका बालबालिकालाई आजै NCSC Spiritual and Cultural Summer Camp मा भर्ना गराउनुहुन हार्दिक अनुरोध गर्दछौं |


Registration का लागि लिंक : http://www.ourncsc.org/registration.php


NCSC को office मा आएर पनि यहाँहरुले Registrtation गर्न सक्नु हुने छ |
५ बर्षदेखि १३ बर्ष सम्मका बालबालिकाले Camp मा सहभागी हुन सक्ने छन् |
जसका लागि शुल्क :$100
१३ बर्षदेखि १८ बर्षसम्मका बालबालिकाले Volunteer का रूपमा सहभागी हुन सक्ने छन् |
जसका लागि शुल्क : $५०   (Volunteer का लागि Leadership Development को अभ्यास गराइने छ )