आइतबार अगस्त २६, २०१८ मा परेको यस बर्षको जनै पूर्णिमा (ऋषि तर्पणी) को दिनमा यस पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निम्न बमोजिम कार्यक्रम रहेको जानकारी समस्त श्रद्धालु भक्तजनहरुमा जानकारी गराउन चाहन्छौँ:
कार्यक्रम:
बिहान ६ बजे – रुद्राभिषेक, ऋषि तर्पणी र पूजा पाठ सहित जनै मंत्रने |
बिहान ७ बजेदेखि रक्षा बन्धन (डोरो) बाँध्ने, जनै फेर्ने |
दिनको १२:३० बजे नियमित मध्यान्हकालिन आरति |
बिहान ८ बजेदेखि दिनको ५ बजेसम्म महाप्रसाद वितरण |
मन्दिर बिहान ६ बजेदेखि साँझ ८:३० बजेसम्म दिनभरी खुला रहने छ |
पुनश्च: यस वर्ष (२०७५ ) श्रावणी पूर्णिमा अगस्त २६,२०१८ का दिन बिहान ६.५७ सम्म रहन्छ। यस दिन धर्म शास्त्रीय गणना अनुसार रात को ३.०० बजे २५ तारिख बितेर २६ तारिख लागि सकेको हुन्छ। अर्को दिन बिहानै पूर्णिमा सकिएर प्रतिपदा लाग्छ भनेर चतुर्दशीको दिनमा गर्नुपर्ने कर्म त्रयोदशीमा गर्नु पनि उपयुक्त हुँदैन | अतः २५ तारिख चतुर्दशीको दिनमा स्नानादी गरी हविष्य खाएर २६ तारिखका दिन विहानको ब्रह्म मुहूर्तमा (३ बजे) स्नान गरी जनै मन्त्रने र ऋषि तर्पणी को काम ६.५० मा गरिसकी श्री पशुपति नाथमा जनै चढाई सकिने छ र प्रसाद को रूपमा दिनभरि लगाउन सकिनेछ । २५ तारिखको साँझ पछी मात्र पूर्णिमा शुरु हुने र सो दिनको विहान ४ बजेसम्म चतुर्दशीनै हुने हुँदा चतुर्दशीमा स्नान गरी जनै मंत्रनु र ऋषि तर्पणी गर्नु शास्त्रसम्मत नदेखिने स्पष्ट पार्न चाहन्छौँ ।
थप जानकारीको लागि सम्पर्क:
सुरेश पोख्रेल ८१७-७०३-४८२८
छबी मणि चापागाईं ८१७-७९३-२१५७
मन्दिर ९७२-९८६-७७७९
हरि रेग्मी (व्यवस्थापक) ५१०-४१७-८९०७