आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार !
महान् चाड विजयादशमी (बडादशैं) २०७५ को शुभ उपलक्ष्यमा यहाँहरुको उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको लागि श्री दुर्गा भवानीसंग हार्दिक प्रार्थना गर्दछौं |
विगतका वर्षहरुमा जस्तै यस वर्ष (२०७५) को बडादशैंको शुभ अवसरमा पनि घटस्थापना देखि टिकाको दिनसम्म यस श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा श्रीनवदुर्गा भवानिको बिशेष पूजा अर्चना गरिने भएकोले यहाँहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं |
कार्यक्रम :
बुधवार, अक्टोबर १० प्रतिपदा, घटस्थापना, जमरा रोपण - शैलपुत्री पूजा
बिहीवार, अक्टोबर ११ द्वितीया, चन्द्र दर्शन – ब्रह्मचारिणी पूजा
शुक्रवार, अक्टोबर १२ तृतीया - चन्द्रघण्टा पूजा
शनिवार, अक्टोबर १३ चतुर्थी – कूष्माण्डा पूजा
आइतवार, अक्टोबर १४ पन्चमी – स्कन्दमाता पूजा
सोमवार, अक्टोबर १५ षष्ठी – कात्यायनी पूजा, बिल्व निमन्त्रण
मंगलवार, अक्टोबर १६ सप्तमी – कालरात्री पूजा, साँझ ५ बजे फूलपाती भित्र्याउने
बुधवार, अक्टोबर १७ अष्ठमी – महागौरी पूजा
बिहिवार, अक्टोबर १८ नवमी – सीद्धिदात्री पूजा, साँझ ५ बजे नवकन्या पूजा,
- साँझ ६ बजे चण्डी पाठको दशाम्श हवन, तर्पण, मार्जन
शुक्रवार, अक्टोबर १९ दशमी – अपराजिता पूजा,
- बिहान ८ बजे नवदुर्गा विसर्जन तथा जमरा पूजा समापन
- बिहान ९ बजेदेखि जमरा वितरण,
- बिहान ९:३१ बजेदेखि श्रीनवदुर्गा भवानीको प्रसाद ग्रहण
विजया दशमीको दिनमा मन्दिर बिहान ८ बजेदेखि बेलुका ८:३० बजेसम्म दिनभर खुला रहनेछ |
यहाँहरु मन्दिरमा जमरा राख्न चाहनु हुन्छ भने यहि October ९ तारिख मंगलबार साँझ ७ बजे सम्म सहयोग शुल्क अनिबार्य बुझाउनु हुन मन्दिर ब्यबस्थापन समिति हार्दिक अनुरोध गर्दछ | अन्यथा मन्दिर ब्यबस्थापन समिति जमरा उपलब्ध गराउन असमर्थ हुने छ |
सहयोग शुल्क:
ठुलो ट्रे : २० डलर
सानो ट्रे : १० डलर