कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि ! ...........
.......................
........................
‘ इति श्री स्कन्दपुराणे केदार खण्डे ...
सदा झैं यस बर्षको श्री स्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ अमेरिकाको समय, तिथि र घडिपला अनुसार अमेरिकामा [January 20 Sunday 2019] आइतवारबाट हुने भएको छ । नेपालमाचाहिँ January 21 Monday 2019 बाट सुरु हुँदैछ । अमेरिकामा 21 तारिख सोमवार सूर्योदयकालभन्दा पहिलेदेखि नै माघकृष्ण प्रतिपदा तिथि सुरु हुने हुँदा पौषशुक्ल पूर्णिमा तिथिको समयबाट सुरु गर्नुपर्ने स्वस्थानीव्रत January 20 आइतवारको दिन पौष शुक्ल पूर्णिमा तिथिपरेको समयबाट नै सुरु गर्नुपर्ने देखिएको हो ।
स्थानीय पन्चांगहरूले पनि अमेरिकाका लागि January 20 आइतवारबाट नै स्वस्थानीव्रत सुरुगर्नुपर्ने कुरा स्पष्ट निर्देश गरेका छन्(please see pictures)। तिथि र नक्षत्रहरू नेपालमा होस् या अमेरिकामा प्राय: एउटै बेलामा सुरू हुन्छन् र करिब एउटै समयमा सक्किन्छन् पनि । तारिख र वारसँग तिथिहरूको सम्बन्ध रहन्न । तारिख र वारचाहिँ घडिको समयसँगै रात्री १२ बजेबाट आफैँ परिवर्तन हुन्छन् तर तिथि र नक्षत्रहरूको परिवर्तन हुने आफ्नै गति हुन्छ । वास्तवमा तिथि र नक्षत्रले पृथ्वीको भौगोलिक भिन्नताका कारणले भएको समय अन्तर सँग सम्बन्ध राखेको हुदैन । सूर्य र चन्द्रमाको गतिको अन्तरबाट तिथि बनेको हुन्छ भने चन्द्रमाको २७ कला मध्येको एक कला बराबर एक नक्षत्रको समय बन्दछ ।-नेपा लमा बनेका पात्राहरू नेपालभन्दा पश्चिमी मूलुकहरूमा यदि प्रयोग गरिन्छ भनें नेपालसँगको स्थानीय समय अन्तरलाई पात्रोमा भएको तिथि नक्षत्रको समयमा घटाएर मात्र तत् स्थानको वास्तविक तिथि नक्षत्रको समय निस्कन्छ । नेपालमा बनेका पात्राहरू नेपालभन्दा पूर्वीमूलुकहरूमा यदि प्रयोग गरिन्छ भनें नेपालसँगको स्थानीय समय अन्तरलाई पात्रोमा भएको तिथि नक्षत्रको समयमा जोडेर मात्र तत् स्थानको वास्तविक तिथि नक्षत्रको समय निस्कन्छ ।
जस अनुसार January 21 Monday नेपालमा प्रात: ११:३० बजेसम्म रहेको पौष शुक्ल पूर्णिमा तिथि, अहिलेको नेपाल र Dallas America को समय अन्तर [-11h : 45m] घटाउँदा डालसमा January 20 आइतवार बेलुकाको 23:45 बजे हुन जान्छ जुन बेला डालसमा पनि पूर्णिमाको घडि सक्किन्छ र तुरुन्त माघ कृष्ण प्रतिपदा तिथि सुरु हुन्छ । तसर्थ अमेरिका र क्यानाडावासी दाजुभाइ दिदीबहिनीहरूले January 20 Sunday बाट नै श्री स्वस्थानीव्रत सुरु गर्नुपर्ने
स्पष्ट छ । केवल स्वस्थानी मात्र नभएर हाम्रा सवै चाडपर्वहरू यहीरितले तिथिको घडि स्थानीय समयअन्तर अनुसार मिलाएर मात्र मनाउनु पर्दछ ।।
अस्तु ।।
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर
2016 W Grauwyler Rd
Irving TX , 75062
Top of Form