COVID – 19 बाट बचौं र बचाऔं
आदरणीय भक्तजनहरुमा अनुरोध,
यही सोमवार, मे २२, २०२० देखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्म निम्न लिखित प्रक्रिया अन्तर्गत नियमित समय तालिका अनुसार मन्दिर खोल्ने र भक्तजनहरुले पूजा, अर्चना गर्ने व्यवस्था मिलाईएको जानकारी गराउन चाहन्छौँ:
१. रुधा-खोकी लागेको, ज्वरो आएको, अथवा छाती दुखेको भए बाहिरै रहिदिनुहोला |
२. कुनैपनि प्रकारको नैवेद्य घर बाट पकाएर न ल्याइदिनुहुन अनुरोध गरिन्छ |
3. पूर्व ढोका मात्र प्रयोगमा राखिएको छ |
४. एकै परिवारबाट ६ जनासम्म मन्दिरमा प्रवेश गर्न सकिने छ |
५. प्रत्येक व्यक्तिले मास्क लगाएको हुनुपर्ने र प्रवेश गर्ने बित्तिकै साबुन पानीले हात धुन न भुल्नु होला |
६. आवश्यक परेमा टेबुलमा राखिएको स्यानीटाईजर प्रयोग गर्न सकिने छ |
७. एकै परिवारबाट न भएको खण्डमा एक आपसमा न्युनतम ६ फीटको दूरी राखिदिनु होला |
८. फूल तथा फलफूल तोकेको ठाउँमा राखिदिनु होला |
९. दुवै पक्षलाइ सूरक्षित लागेमा मात्र, गुरुबाट टिका को आदान-प्रदान गर्न सकिनेछ |
१०. दर्शनको कार्यक्रम ५ मिनेट भित्रमा सिमित राखिदिनुहोला |
११. भेटी-दान आदि दानपात्रमा हालिदिनुहोला |
१२. बिशेष पूजा, अर्चना, बिबाह आदिको लागि कम्तिमा ३ दिन अगाडी आरक्षण (बूकिंग) गर्नुपर्नेछ|
१३. माथि उल्लेखित नियमको उल्लङ्घन नहुनेगरी सुरक्षित तवरले बिवाह ब्रतबन्धमा २० जनासम्म उपस्थित हुन पाइनेछ|
थप जानकारीको लागि सम्पर्क:
(३१८) २००-६०२६ (मूलगुरू शेखर पण्डित)
(६८२) ३१३-५३८० (गुरू मेघराज निरौला)
(९७२) ९८६-७७७९ (मन्दिर)
(५१०) ४१७-८९०७ (व्यवस्थापक)
मन्दिर व्यवस्थापन समिति