समादरणीय दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार,
कोरोना भाइरस (KOVID – 19) को संक्रमणबाट बचौं र बचाउँ
अप्रिल २५ शनिवारका दिनमा परेको यस वर्ष २०२० (बि. सं. २०७७) को ‘अक्षय तृतीया’ (श्रीपरशुराम जयन्ती, त्रेतायुग आरम्भ) पर्वमा श्री पशुपतिनाथ भगवानका सन्निधिमा गरिने ‘धर्मघट पूजा अर्चना’ तथा पशुपतिनाथ भगवानमा पन्चामृत अभिषेकसहित रुद्रार्चना कार्य गरिने भएको जानकारी हामिले यस अघि पनि जानकारी गराएका थियैाँ ।
सो अवसरमा केही भक्तजनले अनलाइनबाट पूजा, अर्चना गर्न अभिरूचि देखाउनु भै मन्दिरलार्इ शुल्क बुझार्इ आरक्षण गर्नु भएको सहर्ष जानकारी गराउन चाहन्छैाँ । यदि सो दिनको पूजामा हजुरहरू पनि अनलाइन शुल्क तिरेर संयुक्त सहभागी हुन चाहनुहुन्छ भने यहाँहरूको सहयोग र सहभागीताको हामी सदैव स्वागत गर्दछौं ।
साथै, मन्दिरमा गरिने नित्य पूजा अर्चनामा अनलार्इन सहभागी हुन कुनै शुल्क नलाग्ने, तर अनलाइन सरिक भै बिशेष पूजा अर्चना गर्न चाहेमा न्यूनतम २१ (एक्कार्इस) डलर वा सो भन्दा माथि स्वेच्छाले शुल्क बुझार्इ गर्न सकिने व्यवस्था मिलाए अनरूप भक्तजनहरूको बढ्दो सहभागिताले हामिलार्इ उत्साहित बनाएको छ ।
धन्यवाद ।
संकल्प तथा पूजा अर्चनाको लागि सम्पर्क:
गुरु मेघराज निरौला (६८२) ३१३-५३८०
छबिमणि चापागाईं (९७२) ७९३-२१५७
हरि रेग्मी (५१०) ४१७-८९०७
मन्दिर (९७२) ९८६-७७७९