NCSC Appreciation and Fundraise Mega Dinner

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय DFW नेपाली  समुदाय, नमस्कार !

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ले आगामी सेप्टेम्बर ७ मा Appreciation and Fundraise Mega Dinner को आयोजना गर्ने कुरा अबगत गराउन चाहान्छौँ | यो प्रोग्रामको मुख्य उद्देश्य यहाँहरुको निरन्तर योगदानका लागि यहाँहरुलाई धन्यबाद ज्ञापन गर्ने तथा यूलेस प्रोजेक्टको लागि केहि अर्थ संकलन गर्ने रहेको छ| हामी अहिले मात्र $३००,००० संकलन गर्ने लक्ष्य लिएर अघि बढेका छौं | यो रकम संकलन भए लगत्तै हामी बैंकको प्रक्रिया बढाउन तिर लाग्नेछौं | आउँदो शिवरात्रीमा प्रोजेक्ट सुरुगर्ने योजना यथावत नै छ| 

 

यो डिनर कार्यक्रम मा निम्न category का सम्पूर्ण ब्यक्तिहरुलाई हार्दिक निमन्त्रण गरिन्छ |

 

१. तिर्नु पर्ने रकम पूरै चुक्ता गरिसक्नु भएका सम्पूर्ण Trustees, संस्थापक सदस्य (Founding Member) र Life Member दम्पती सहित

२. निकट भविष्यमा Patron, Trustee, अथवा Founding Member हुन्छु भनि सो मध्येको आंशिक रकम बुझाई सक्नु भएका ब्यक्तिहरु दम्पती सहित

३. त्यही दिन केही रकम उपलब्ध गराई BOT अथवा संस्थापक सदस्य (Founding Member) को लागि Pledge गर्न इक्छुक ब्यक्तिहरु दम्पती सहित

 

बिशेष अनुरोध:

१. हामी सम्पूर्ण Board of Trustee का सदस्यहरु हरुलाई Honorable Board of Trustees ($१५०००) को category मा upgrade हुन अनुरोध गर्दछौं |

२. हामी सम्पूर्ण संस्थापक सदस्य (Founding Member) हरुलाई Honorable Founding Member ($५०००) को category मा upgrade हुन अनुरोध गर्दछौं |

३. Upgrade हुन न चाहने ट्रस्टी (Trustee) तथा संस्थापक सदस्य (Founding Member) हरुले दुई बर्ष मा तिर्ने गरि मात्र $१५०० थप सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं |

४. Pledge गर्नु भएको रकम बाट तिर्न अझै बाँकी भए Sep 7 को डिनर कार्यक्रम मा $१०००-$$१५०० लिएर आइदिनु हुन अनुरोध गर्दछौं। यसले सो रात्रीको $१५०,००० cash को लक्ष्य पुरा गर्न सहयोग पुग्ने छ |

 

सोहि डिनर कार्यक्रममा रकम चुक्ता गरि भर्खरै हुनु भएका सम्पूर्ण नयां Trustee तथा Founding Member दम्पतीहरुलाई Plaque सहित सम्मान गर्ने कार्यक्रम पनि रहेको कुरा जानकारि गराउन चाहान्छौं ।

 

डिनर को मिति/ समय तथा स्थान: Sat, Sep 7 at 6:30

स्थान: DFW Airport Hotel and Conference Center, 4440 W Airport Fwy, Irving, TX 75062

 

धन्यवाद,

विनय अर्याल, अध्यक्ष

कृष्ण लामिछाने, संयोजक - अर्थ संकलन समिति

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)