आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को साधारण सभा (General Assembly) निम्न मिति र स्थानमा पुनः बस्ने भएकोले NCSC का Board of Trustees, संस्थापक सदस्य (Founding Member), Benefactor Member, बिशेष सदस्य (Special Member) एवं साधारण सदस्य (General Member) ज्यूहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु | गत December १७ तारिख आइतबार बसेको साधारण सभामा सदस्यहरुको गणपुरक संख्या (Quorum) नपुगेको हुँदा बिधान अनुसार साधारण सभा स्थगन गरि अर्को मिति तय गर्नुपरेको व्यहोरा जानकारी गराउन चाहन्छु |
मिति : जनवरी ७ तारिख, २०१८, आइतबार
समय: दिनको ठिक १ बजे
स्थान : NCSC (श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर) को सभा हल
छलफलको विषय (एजेण्डा):
१) वर्ष २०१७ को आर्थिक प्रतिबेदन
२) NCSC का कार्यक्रम र योजना (बिगत र आगत)
३) BOT द्वारा जग्गा खरिद सम्बन्धि प्रस्ताब, भावी योजना र रणनीति
नोट : बिधानमा NCSC का सबै प्रकारका सदस्यको परिभाषा, कर्तब्य र अधिकारका बारेमा स्पष्ट उल्लेख गरिएको छ | विधानको लागि लिंक: http://www.ourncsc.org/userfiles/file/Docs/NCSC%20bylaws%202014%20final.pdf मा थिचेर वा www.ourncsc.org मा गएर NCSC को बिधान पढ्न सक्नु हुने छ |
भवदीय,
सुरेश चन्द्र पोख्रेल
महासचिव