Dashain Excuse Letter |
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
आउंदै गरेको नेपालीहरुको महान चाड बडा दशैंको पावन उपलक्ष्यमा यहाँहरुलाई मंगलमय शुभकामना ब्यक्त गर्दछौं |
अमेरिकामा बडा दशैंको टीका अक्टुबर ८ तारिख मंगलबार कि अक्टुबर ७ तारिख सोमबार भन्ने बिषयमा आम जनमानसमा द्विविधा देखिएकोले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र(NCSC )का तर्फबाट निम्न कुराहरु जानकारी गराउन चाहन्छौं |
# अमेरिकामा दशमी तिथिअक्टुबर ७ तारिख सोमबार बिहानै देखि सुरू भै ८ तारिख मंगलबार बिहान ५ बजे समाप्त भैसक्ने कुरामा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरका आदरणीय मूल पुरोहित सहित सम्पूर्ण पुरोहितज्युहरु एकमत रहनु भएकोले र बिदेशमा बस्ने नेपालीहरुको जिज्ञासालाई लिएर अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले गरेको निर्णयलाई ध्यानमा राखी टेक्सासमा अक्टोबर ७ तारिख सोमबार बाट नै बडा दशैको टीकाको साइत गर्नु उपयुक्त भएको व्यहोरा अनुरोध गर्दछौं |
********************
पंचांग निर्णय समितिको बक्तब्य जस्ताको त्यस्तै यसै साथ् प्रस्तुत गरिएको छ |
********************
साथै यो बर्षको बिजया दशमिको कार्यक्रम यस प्रकार रहेको छ:
- घटस्थापना मुहूर्त September 29, 2019 Sunday 10:45AM मा रहेको छ ।
- अमेरिकाको सेन्ट्रल टाइम अनुसार २०७६ असोज १२ गते आइतवार तदनुसार September 29 Sunday प्रात: 10:45 बजे घटस्थापना एवं यवरोपणको शुभ मुहूर्त रहेको छ । यसै दिन नवरात्री प्रारम्भ हुने हुँदा दुर्गास्थापना, यवरोपण तथा प्रथमदिन संवन्धि नवदुर्गास्वरूपिणी ‘शैलपुत्री भवानीको’ विशेष पूजा आराधना प्रात: 10:00AM बाट गरिने छ र चण्डी पाठ सुरु हुने छ ।
- September 30 Monday नवरात्री अन्तर्गत द्वितीया र तृतीया तिथि एकैदिन परेको हुँदा ‘माता ब्रह्मचारीणी तथा ‘माता चन्द्रघण्टा भवानीको विशेष पूजा आराधना यसैदिन गरी दुर्गा सप्तशती चण्डी’ पाठपारायण प्रात: 10:00AM बाट गरिने छ ।
- October 01 Tuesday नवरात्री अन्तर्गत चतुर्थी तिथि परेको हुँदा नवदुर्गाभवानीको पूजा, ‘कुष्माण्डा’ भवानीको विशेष पूजा आराधना तथा ‘दुर्गा सप्तशती चण्डी’ पाठ पारायण प्रात: 10:00AM बाट गरिने छ ।
- October 02 Wednesday नवरात्री अन्तर्गत पन्चमी तिथि परेको हुँदा नवदुर्गाभवानी पूजाका साथ ‘स्कन्दमाता भवानीको विशेष पूजा आराधना तथा ‘दुर्गा सप्तशती चण्डी’ पाठ पारायण प्रात: 10:00AM बाट गरिने छ ।
- October 03 Thursday नवरात्री अन्तर्गत षष्ठी तिथि परेको हुँदा नवदुर्गाभवानी नित्य पूजाका साथ ‘कात्यायनी भवानीको विशेष पूजा आराधना तथा ‘दुर्गा सप्तशती चण्डी’ पाठ पारायण प्रात: 10:00AM बाट गरिने छ । यसै दिन साँझमा ‘विल्व निमन्त्रण तथा विल्ववृक्ष विशेष पूजा 06:00PM मा हुने छ ।
- October 04 Friday नवरात्री अन्तर्गत सप्तमी अर्थात् फूलपातीको विशेष दिन परेको हुँदा नवदुर्गाभवानीको पूजा, ‘शाम्भवी भवानीको विशेष पूजा, महासरस्वतीको पूजा, कालरात्रि स्वरूपिणी माता भद्रकालीको पूजा आराधना तथा ‘दुर्गा सप्तशती चण्डी’ पाठ पारायण प्रात: 10:00AM बाट गरिने छ भनें साँझ 06:00PM मा शंख घंण्ट ध्वनी र स्वस्तिवाचनका साथ जमराघरमा नवपत्रिका अर्थात् फूलपाती प्रवेश गराई पूजा आराधना गरिने छ ।
- October 05 Saturday नवरात्री अन्तर्गत महाअष्टमी तिथि परेको हुँदा नवदुर्गाभवानीको 09 कलश स्थापना गरी वैदिक विधानले विशेष पूजा आराधना तथा ‘ महागौरी भवानीको पूजा गरी ‘दुर्गा सप्तशती चण्डी’ पाठ पारायण प्रात: 10:00AM बाट गरिने छ । यसै दिन शस्त्र अस्त्र खड्ग पूजा गरिने र साँझमा कालरात्रीको विशेष आराधना हुनेछ ।
- October 06 Sunday नवरात्री अन्तर्गत महानवमी तिथि परेको हुँदा नवदुर्गाभवानीको पूजा तथा ‘माता सिद्धिदात्री भवानीको विशेष पूजा आराधना तथा ‘दुर्गा सप्तशती चण्डी’ पाठ पारायण प्रात: 10:00AM बाट गरिने छ । यसैदिन मध्याह्न 12 बजे नवदुर्गास्वरूप नवकन्याहरूको पूजा गरी 12:30 मा पशुपतिनाथ आरतीका साथमा नवदुर्गा भवानीको महाआरती गरिने छ । साँझ 05:00PM बाट अग्निस्थापना, एकाआवृति चण्डी पाठ गरि मन्त्रद्वारा हवन सम्पन्न हुनेछ ।
- October 07 Monday शुभ विजया दशमी महापर्व:- @२०७६ असोज २० गते सोमवार प्रात: 10:51AM मा देवी विसर्जन गर्ने साइत रहेको छ हुँदा दुर्गा भवानीको नित्य पूजाका साथमा ‘अपराजिता’ भगवतीको विशेष पूजा गरी 10:51 AM मा देवी विसर्जन गरिने छ । देवी विसर्जन पछि टीका जमरा लगाउन समय खुल्ने छ ।
- अमेरिकाको सेन्ट्रल टाइम अनुसार डालसका लागि टीका जमरा ग्रहणगर्ने शुभसाइत नेपालबाट पंन्चांग निर्णय समितिले उपलब्ध गराए अनुसार October 07 Monday बिहान 11:27 AM मा सर्वोत्तम रहेको छ ।
- सवैको सहजताका लागि प्रात: 11:11 AM बाट 11:45AM सम्म पनि टीका जमरा ग्रहण गर्न सकिने शुभ समय छ भनें दिवा 03:11 PM देखि 03:56 PM सम्मको समयमा दशमीको ‘विजया’ नामक शुभमुहूर्त रहेको हुँदा यो समय पनि दशैंको टीका जमरा ग्रहण गर्न सर्वोत्तम नै रहेको छ ।
नोट : बिगत बर्षहरुमा झै दशैको जमरा आ-आफ्नो घरमा जमरा राख्न अनुकुल बातावरण नभएकोले जमरा राखिदिन Sep - 28 Saturday भित्र श् -शुल्क अनुरोध आएको अवस्थामा ब्वबस्थापन समिति सहयोग गर्ने जानकारी गराउदछौ ।
सानो ट्रे -$10.00
ठुलो ट्रे - $20.00
online pay link- http://www.ourncsc.org/donate.php
phone contract - http://www.ourncsc.org/35/management-committees.php
Office # - 972-986-7779
अन्त्यमा वडादशैं २०७६ को सवैमा पुन: हार्दिक शुभकामना !!!
धन्यबाद!