आदरणीय नेपाली समुदाय,
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को भर्खरै सम्पन्न भएको Trustee को मिटिंग र साधारण सभाले यूलेस स्थित हाम्रो पहिलेको जग्गा संगै रहेको १.४७ acres मा अवस्थित १५००० SQ Ft को भवन १.१ मिलियन डलर मा लिने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौं | यस नयां निर्णयले पहिले अबधारणा गरिए अनुसारको मन्दिर भवन बनाउने योजना बाट हामी पन्छिएका भने छैनौं |
यस सबै कार्यका लागि ठूलो धनराशिको आवश्यकता परि रहेको हुनाले, यहाँहरुले pledge गर्नु भएको रकम को किस्ता अथवा पुरै रकम छिटो भन्दा छिटो उपलब्ध गराइदिनुहुन बिनम्र अनुरोध गर्दछौं |
धन्यवाद,
डा. मुरलि अधिकारि (Chair - Planning, Strategy & Design)
कृष्ण लामिछाने (Chair - Fundraise)
विनय अर्याल (Chair - Board of Trustees)