ॐ श्रीमंगलमूर्तये नमः
ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् !
आयुष्यमग्र्यं प्रतिमुन्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः !!
डालसवासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु,
विगतका बर्षहरुमा झैं यस वर्ष पनि नेपाली समुदायमा ब्रतबन्ध गर्न उमेर पुगेका आफ्ना छोरा-नातीहरुको उपनयन गर्नका निमित्त यस वर्षको अति उत्तम लग्न परेको अप्रिल १२ तारिख २०२० (चैत्र ३०, २०७६) को दिनमा यस श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरले सामुहिक ब्रतबन्धको कार्यक्रम आयोजना गर्ने भएको छ |
तसर्थ, इच्छुक अभिभावकहरुले समयमै यस मन्दिरमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं |
सामुहिक ब्रतबन्ध कार्यक्रम मिति:
आइतवार, अप्रिल १२, २०२० (चैत्र ३०, २०७६) बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म
मन्दिरले बिना थप शुल्क उपलव्ध गराउने सामाग्रीहरु:
पूजाका भाँडा, अबिर, केसरी, चन्दन, फूल, जौ तील, कुश, जनै सुपारी धूप, बत्ती, रातो रंगका दुना टपरा (कागज वा फोमका प्लेट/बोल), सुकेका नरीवल, हवनको लागि घ्यु |
भक्त आफैंले ल्याउनुपर्ने:
बटुकलाई चाहिने वस्त्र, केश मुण्डनको लागि काँसको थाल कचौरा, मानु, पाथी, लठ्ठी, सेउली, नया पंचपात्र आचमनी, मृगको छाला, रुद्राक्ष माला, दोसल्ला, भीक्षापात्र (नयाँ) |
प्रति बटुक शुल्क $400.00 - पूजा, हल, प्रसाद, पूजा सामग्री र गुरु व्यवस्थापन स्वरूप
सम्पर्क:
मूल गुरु डा. शेखर पण्डित (३१८-२००-६०२६); गुरु श्री मेघराज निरौला (६८२-३१३-५३८०)
गुरुहरु: श्री कृष्ण भट्टराई (८५७-३१२-२२६२); श्री बैकुण्ठ शर्मा भुर्तेल (४६९-२६८-१७१८);
श्री शान्तिराम कोइराला (९७२-५१४-९०६४); श्री अच्युत लम्साल (९७२-७४६-६८५३)
व्यवस्थापक हरि प्रसाद रेग्मी (५१०-४१७-८९०७); मन्दिर (९७२-९८६-७७७)