होली पूर्णिमा २०७६ को शुभकामना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

होली उत्सव २०७६ को हार्दिक निमन्त्रणा !!!

अधर्ममाथि धर्मको एवं असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा प्राचीन कालदेखि मनाइदै आएको सांस्कृतिक उत्सव फागु महोत्सव २०७६ को पवित्र अवसरमा सम्पूर्ण भक्तजनहरुमा यस पशुपतिनाथ तथा बुद्ध मन्दिरका तर्फबाट हार्दिक शुभकामना अर्पण गर्दछौं  .

"पौराणिक मान्यता अनुसार होली पूर्णिमाका दिन हिरण्यकश्यपुकी बहिनी होलिकाले आफ्ना दाजुलाई खुशी पार्न आफुले वरदानमा पाएको आगोले नडढाउने पछ्यौरी ओढी कशिपू पुत्र प्रह्लादलाई षडयन्त्रपूर्वक जलाउन खोजेकी थिइन् | तर, प्रह्लादप्रति भगवानको कृपा भई उनको रक्षा भएको र होलिका स्वयम् जलेकीहुँदा भगवानका अनन्य भक्त प्रह्लादको विजय र दानवीय शक्तियुक्त होलिकाको पराजय भएको उत्सव स्वरूप यो पर्व मनाउंदै आइएको छ ."

यस बर्षको होली (फागु) पूर्णिमा यही सोमवार मार्च ९ मा परेकोछ  . भक्तजनहरुको समय सुविधालाई ध्यानमा राखी श्री राधा कृष्णको बिशेष पूजा अर्चना सहित फूल, लाज़ा, दूबो लगायतका मंगल द्रव्यहरुद्वारा निम्न मिति र समयमा होली उत्सव मनाउने कार्यक्रम रहेकोले यहाँहरुको उल्लासपूर्ण सहभागिताको लागि हार्दिक निमंत्रणा गर्दछौं .

स्थान, मिति र समय:

स्थान: श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर, अर्भिंग

मिति र समय: आइतवार, मार्च ८, दिनको ११:४५ बजे

भवदीय,

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र