अनलाइन पूजा आराधना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

समादरणीय दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार,

COVID-19 को कारणले सृजित lockdown को वाध्यात्मक अवस्थामा पनि भक्तजनहरुले घरमै बसी बसी अडियो भिजुयल (Audio-Visual) अर्थात् Virtual प्रविधि मार्फत व्यक्तिगत र सामुहिक रूपमा सरिक भै भगवानको पूजा आराधना गर्न सकिने जानकारी गराइसकेका छौं | सो बाहेक तत्कालको लागि निम्न तिथि-पर्वमा समेत बिशेष पूजा आराधना गर्ने व्यवस्था मिलाइएकोले आ-आफ्नो नाम टिपाई आरक्षण गर्नुहुन समेत अनुरोध गर्दछौं:

  • मंगलवार, अप्रिल ७ – चैत्र शुक्ल पूर्णिमा श्री हनुमान जयन्ति;
  • सोमवार, अप्रिल १३ – मेष (बैशाख) संक्रान्ति नवबर्ष २०७७ आरम्भ;
  • शनिवार, २५ अप्रिल – अक्षय तृतीया;
  • शुक्रवार, मे १ – सीता जयन्ति

सबै प्रकारका पूजा अर्चनाको लागि प्रति सहभागी (२१ डलरको) न्युनतम शुल्कतोकिएको छ |

तोकिएको न्यूनतम शुल्कमा स्वेच्छाले जति पनि थपेर दान दिंदा मन्दिर संचालनमा सहयोग नै पुग्नेछ |

व्यक्तिगत वा सामूहिक पूजा अर्चनाको समय:

बिहान १०:३० बजे र बेलुका ६:०० बजे

बिशेष पर्वका पूजाको समयको लागि निम्न बमोजिम सम्पर्क राख्नुहुन अनुरोध छ:

प्रार्थी:

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर

सम्पर्क: (६८२) ३१३-५३८० (गुरु मेघराज निरौला); (९७२) ९८६-७७७९ (मन्दिर); (५१०) ४१७-८९०७ (व्यवस्थापक)