यही मंगलबार, अप्रिल ७, २०२० चैत्र शुक्ल पूर्णिमा तिथिका दिनमा पर्न गएको श्री हनुमान जयन्तीको शुभ उपलक्षमा बर्तमान बिषम परिस्थितिका कारण मन्दिरमा प्रत्यक्ष उपस्थित भएर पूजा अर्चना गर्न सक्ने अवस्था नभएको यहाँहरू सबैमा अवगत नै छ । यस्तो बिशेष पर्वमा Online द्वारा Video Call वा पूजा समितिको Facebook page मा जोडिएर नेपाली मन्दिरमा संकल्प सहित श्री रामभक्त पवनपुत्र हनुमानजीको पूजा अर्चना तथा हनुमान चालिसा पाठ गर्ने व्यवस्था हामिले मिलाएका छैाँ ।
यदि इच्छा भएमा हजूरहरू पनि यस पूजामा कर्ता बन्न सक्नुहुनेछ । पूजा बिहान १०ः३० बजे र बेलुका ६ः३० बजे गरी दुर्इ चरणमा गरिने भएको छ । यस पूजामा भागलिन मन्दिरको वेबसाइट http://www.ourncsc.org मा गएर 'Donation' मा क्लिक गरी श्रद्धा अनुसार (नित्य पूजा सहयोगार्थ कम्तिमा $21.00) भेटी समर्पण गरी कर्ता बन्न सकिनेछ ।
कर्ता बनेपछी अ–अाफ्नो गोत्र परिवारका सदस्यहरूको नाम टिपाउन नभुल्नु होला ।
सम्पर्कः
हरि रेग्मी (मैनेजर) (५१०)४१७–८९०७ अथवा
मेघराज निरैाला (गुरू) (६८२)३१३–५३८०