बैसाख (मेष) संक्रान्ति २०७७ - नव वर्षारम्भ

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

समादरणीय दाजुभाई तथा दिदीबहिनीहरुमा,

नव बर्ष २०७७ को मंगलमय शुभकामना

बिक्रम सम्बत २०७६ लाई बिदा गरेर नव बर्ष २०७७ लाई स्वागत गर्ने दिन बैसाख (मेष) संक्रान्ति यही सोमवार, अप्रिल १३ मा परेकोछ | प्रत्येक संक्रान्तिमा यस मन्दिरमा श्री सत्यनारायण भगवानको  पूजा गर्ने गरिएकोमा कोरोना भाइरस (KOVID-19) को संक्रमणबाट सुरक्षार्थ सर्वसाधारणको लागि मन्दिर प्रवेश बन्द गर्नु परे पनि virtual प्रविधिको उपयोग गरेर भक्तजनहरुलाई पूजामा सरीक गराउन थालिएको यहाँहरुलाई विदितै |

सो दिनमा नित्य पूजाको अंग स्वरूप बिशेष रुद्राभिषेकका साथै हरेक संक्रान्तिमा झैं श्री सत्यनारायण भगवानको पूजालाई पनि निरन्तरता दिने प्रयास गरिने हुँदा यहाँहरुको इच्छा अनुसार रुद्राभिषेक वा श्री सत्यनारायण भगवानको पूजामा online भाग लिन आफ्नो नाम टिपाउनु हुन अनुरोध गर्दछौं |

KOVID-19 को संक्रमणबाट सुरक्षित रहौं, सुरक्षित् रहन मद्दत गरौँ र सबै सुखी रहौं

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, अर्भिंग

  सम्पर्क फोन:

(६८२)-३१३-५३८० (गुरु मेघराज निरौला );

(९७२)७९३-२१५७ (छबी मणि चापागांई);

(५१०)४१७-८९०७ (हरि रेग्मी);

(९७२) ९८६-७७७९ (मन्दिर)