समादरणीय दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार,
कोरोना भाइरस (KOVID – 19) को संक्रमणबाट बचौं र बचाउँ
स्थानीय समयानुसार यही अप्रिल २२ बुधवारका दिनमा वैशाखकृष्ण अमावश्या (मातातीर्थ औंशी) अथवा आमाको मुख हेर्ने दिन परेको छ ।
सो अवसरमा आफूलाई जन्मदिने तथा कर्मदिने आमाहरूको सम्मान गर्दै मेवा-मिष्ठान्न भोजन गर्ने/गराउने, आमाको मुख हेर्ने, आशिर्वाद थाप्ने लगायत स्वर्गवासी आमाका सम्झनामा यथायोग्य दान-धर्म-सत्कर्म गरेर यो पर्व मनाउॅंनका लागि हार्दिक शुभकामना अर्पण गर्दछौं ।
साथै अप्रिल २५ शनिवारका दिनमा परेको ‘अक्षय तृतीया’ (श्रीपरशुराम जयन्ती, त्रेतायुग आरम्भ) पर्वमा श्री पशुपतिनाथ भगवानका सन्निधिमा गरिने ‘धर्मघट पूजा अर्चना’ तथा पशुपतिनाथ भगवानमा पन्चामृत अभिषेकसहित रुद्रार्चना कार्य गरिने भएको छ ।
सो अवसरमा अनलाइन मार्फत सरिक हुन केही भक्तजनले अभिरूचि देखाएर आरक्षण पनि गरीसक्नुभएको छ । यदि सो दिनको पूजामा हजुरहरू पनि अनलाइन शुल्क तिरेर पूजामा virtual सहभागी हुन चाहनुहुन्छ भने हामी यहाँहरूको सहयोग र सहभागीताको सदैव स्वागत गर्दछौं ।
धन्यवाद ।
संकल्प तथा पूजा अर्चनाको लागि सम्पर्क:
गुरु मेघराज निरौला (६८२) ३१३-५३८०
छबिमणि चापागाईं (९७२) ७९३-२१५७
हरि रेग्मी (५१०) ४१७-८९०७
मन्दिर (९७२) ९८६-७७७९