ॐ श्रीमंगलमूर्तये नमः
ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् !
आयुष्यमग्र्यं प्रतिमुन्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः !!
डालसवासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु,
विगतका बर्षहरुमा झैं यस वर्ष पनि नेपाली समुदायमा ब्रतबन्ध गर्न उमेर पुगेका आफ्ना छोरा-नातीको उपनयन गर्नका निमित्त यस वर्षको अति उत्तम लग्न परेको बुधवार, जुन १० तारिख २०२० (ज्येष्ठ २८, २०७७) को दिनमा यस श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा ब्रतबन्ध गर्न इच्छुक अभिभावकले यस सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं |
१) प्रति बटुक शुल्क ४०१.०० डलर - पूजा, हल, प्रसाद, पूजा सामग्री र गुरु व्यवस्थापन स्वरूप
२) उपस्थितिको हकमा बढीमा २० जनासम्म अभिभावकमा सिमित गरिएको छ |
थप जानकारीको लागि कृपया सम्पर्क:
मूल गुरु डा. शेखर पण्डित (३१८-२००-६०२६);
गुरु मेघराज निरौला (६८२-३१३-५३८०);
अध्यक्ष, सुरेशचन्द्र पोख्रेल (८१७-७०३-४८२८)
महासचिव, छबिमणि चापागाईं (८१७-७९३-२१५७);
व्यवस्थापक हरि प्रसाद रेग्मी (५१०-४१७-८९०७);
मन्दिर (९७२-९८६-७७७)
कोरोना भाइरस (KOVID - 19) बाट बचौं र बचाऔं