सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरु,
कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बचौं र बचाऔं
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि पूर्ण रूपमा सजगता अपनाउने गरी गत मे महिना देखि सिमित रूपमा मात्र यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा भक्तहरुको प्रवेश खुला गरिएको यहाँहरुलाई जानकारी होला भन्ने बिश्वास गर्दछौं . यही आइतवार, जुन २१ देखि यस मंदिरबाट प्रत्यक्ष प्रसारण गर्न लागिएको चतुर्मास महात्म्यको बिषयमा यहाँहरुलाई पुन: स्मरण गराउँदै यस कार्यक्रम अन्तर्गत आगामी पहिलो ४ (चार) हप्ताको प्रवचन कार्यक्रम तालिका निम्न बमोजिम हुने पुन: जानकारी गराउंदैछौं .
तत्कालको लागि श्रीमद्भागवत पुराणको वाचन तथा प्रवचन भनि तोकिएको भए पनि आध्यात्मिक वाचन तथा प्रवचन कार्यक्रमलाई चतुर्मास पछि पनि निरन्तरता दिने NCSC कार्यकारिणी समितिको योजना रहेको पनि जानकारी गराउन चाहन्छौं .
प्रवचन यहाँहरुसम्म पुर्याउने माध्यम समय र परिस्थिति अनुसार भौतिक उपस्थिति र अनलाइन (भर्च्युअल्) प्रबिधि समेत हुनेछ .
प्रवचन प्रसारण गरिने स्थान, मिति र समय:
स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मंदिरबाट प्रत्यक्ष प्रशारण
मिति: आइतवार जुन २१, २०२० देखि दैनिक (तालिकामा उल्लेख भए बमोजिम)
समय: साँझ ६:०० बजेदेखि ६:३० सम्म .
थप जानकारीको लागि सम्पर्क राख्न अनुरोध गर्दछौं:
मूल गुरु श्री शेखर पण्डित (३१८)२००-६०२६
गुरु श्री मेघराज निरौला (६८२)३१३-५३८०
अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल (८१७)७०३-४८२८
महासचिव, श्री छबीमणि चापागाईं (९७२)७९३-२१५७
व्यवस्थापक श्री हरि प्रसाद रेग्मी (५१०)-४१७-८९०७
मन्दिर (९७२)९८६-७७७९