हरिशयनी एकादशी/द्वादशीको प्रवचन

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरु,

कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बचौं र बचाऔं

कोरोना भाइरसको संक्रमणबाट बच्न पूर्ण सजगता र सुरक्षाका उपाय अपनाउने गरी यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर नियमित कार्यतालिका बमोजिम दर्शन र पूजा पाठको लागि गत मे महिनाबाट भक्तहरुको निमित्त खुला गरिएको यहाँहरुलाई जानकारी गराई सकेका छौं .

गत जुन  २१ देखि यस मंदिरबाट प्रत्यक्ष प्रसारण शुरु गरिएको श्रीमद्भागवत प्रवचनमा यहाँहरुको उत्साहजनक सहभागिताले हामीलाई ठूलो हौसला प्रदान गरेकोछ . यस क्रममा आगामि जुलाई १ को दिनमा हरिशयनी (ठूलो) एकादशी व्रत र द्वादशी समेत परेकोले सो दिनमा शास्त्रले भागवत वाचन तथा प्रवचन वर्जित गरेको हुँदा एकादशी महात्म्यको वर्णन गरिने जानकारी गराउंदैछौं .

शुरु गरिएको आध्यात्मिक वाचन तथा प्रवचन कार्यक्रमलाई चतुर्मास पछि पनि निरन्तरता दिने NCSC कार्यकारिणी समितिको योजना रहेको पनि दोहोर्याउन चाहन्छौं .

प्रवचनलाई यहाँहरुसम्म पुर्याउन सिमित भौतिक उपस्थिति र अनलाइन (भर्च्युअल्) प्रबिधि समेत उपयोग गर्ने गरिएको यहाँहरुलाई जानकारी रहेकै छ भन्ने आशा गर्दछौं  .

प्रवचन प्रसारण गरिने स्थान, मिति र समय:

स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मंदिरबाट प्रत्यक्ष प्रशारण

मिति: आइतवार जुन २१, २०२० देखि दैनिक (तालिकामा उल्लेख भए बमोजिम)

समय: साँझ ६:०० बजेदेखि ६:३० सम्म .

थप जानकारीको लागि सम्पर्क राख्न अनुरोध गर्दछौं:

मूल गुरु श्री शेखर पण्डित (३१८)२००-६०२६

गुरु श्री मेघराज निरौला (६८२)३१३-५३८०

अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल (८१७)७०३-४८२८

महासचिव, श्री छबीमणि चापागाईं (९७२)७९३-२१५७

व्यवस्थापक श्री हरि प्रसाद रेग्मी (५१०)-४१७-८९०७

मन्दिर (९७२)९८६-७७७९