सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरु,
कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बचौं र बचाऔं
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि आवश्यक सुरक्षा र सजगताका उपायको पूर्ण पालना गर्ने गरी गत मे महिना देखि यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा भक्तहरुको प्रवेश खुला गरिएको यहाँहरुलाई जानकारी होला भन्ने बिश्वास गर्दछौं .
गत जुन २१, २०२० देखि यस मंदिरबाट प्रत्यक्ष प्रसारण शुरु गरिएको श्रीमद्भागवत प्रवचन कार्यक्रम अन्तर्गत भोली बुधवार जुलाई १ मा हरिशयनी (ठूलो) एकादशी व्रत र द्वादशी समेत परेकोले शास्त्रले भागवत वाचन तथा प्रवचन वर्जित गरेको हुँदा एकादशी महात्म्यको वर्णन गरिने पुनः जानकारी गराउंदैछौं .
यहाँहरुले एकादशी महात्म्य श्रवणको आनन्द उठाउनु भै हाम्रो समेत हौसला बढाउनु हुनेछ भन्ने अपेक्षा गरेकाछौं
प्रवचन प्रत्यक्ष प्रसारण गरिने स्थान, मिति र समय:
स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मंदिर
समय: साँझ ६:०० बजेदेखि ६:३० सम्म .
थप जानकारीको लागि सम्पर्क राख्न अनुरोध गर्दछौं:
मूल गुरु श्री शेखर पण्डित (३१८)२००-६०२६
गुरु श्री मेघराज निरौला (६८२)३१३-५३८०
अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल (८१७)७०३-४८२८
महासचिव, श्री छबीमणि चापागाईं (९७२)७९३-२१५७
व्यवस्थापक श्री हरि प्रसाद रेग्मी (५१०)-४१७-८९०७
मन्दिर (९७२)९८६-७७७९