श्रावण (कर्कट) संक्रान्ति तथा कामिका एकादशी

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरु,

कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बचौं र बचाऔं

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि आवश्यक सुरक्षा र सजगताका उपायको पूर्ण पालना गर्नेगरी गत मे महिनादेखि यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा भक्तहरुको प्रवेश खुला गरिएको यहाँहरुलाई जानकारी गराई आएका छौं .

गत जुन २१, २०२० देखि यस मंदिरबाट प्रत्यक्ष प्रसारण शुरु गरिएको चतुर्मास प्रवचन कार्यक्रम अन्तर्गत आगामी बिहिवार जुलाई १६, श्रावण (कर्कट) संक्रान्ति र कामिका एकादशी पर्वको दिनमा एकादशी महात्म्यको प्रवचन हुनेछ . साथै, द्वादशीको दिनमा श्रीमद्भागवत वचन र प्रवचनलाई विराम दिनुपर्ने शास्त्रोक्त नियम भएकोले सो दिनमा आध्यात्मिक परिचर्चा हुने जानकारी गर्नुहुन अनुरोध गर्दछौं .

संक्रान्ति र एकादशीको पावन अवसरमा बिशेष रुद्राभिषेक, हवन (होमादी) वा श्री सत्यनारायण भगवानको पूजा आफैं उपस्थित भएर वा अनलाइन मार्फत गर्न इच्छुक भक्तजनले आफ्नो नाम टिपाउनु हुन समेत अनुरोध गर्दछौं .

चतुर्मासभ दैनिक रूपमा गरिने पवित्र कथा वाचन तथा प्रवचन श्रवणको आनन्द उठाउनु भै हाम्रो हौसला बढाउनु हुनेछ भन्ने अपेक्षा गरेकाछौं .

प्रत्यक्ष प्रसारण स्थान, मिति र समय:

स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मंदिर

समय: साँझ ६:०० बजेदेखि ६:३० सम्म .

थप जानकारीको लागि सम्पर्क राख्न अनुरोध गर्दछौं:

मूल गुरु श्री शेखर पण्डित (३१८)२००-६०२६

गुरु श्री मेघराज निरौला (६८२)३१३-५३८०

अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल (८१७)७०३-४८२८

महासचिव, श्री छबीमणि चापागाईं (९७२)७९३-२१५७

व्यवस्थापक श्री हरि प्रसाद रेग्मी (५१०)-४१७-८९०७

मन्दिर (९७२)९८६-७७७९