श्रावण महिना बिशेष

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

सम्पूर्ण दाजुभा तथा दिदीबहिनीहरु,

कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बचौं र बचाऔं

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि आवश्यक सुरक्षा र सजगताका उपायको पूर्ण पालना गर्नेगरी गत मे महिनादेखि नियमित समयमा पूजा आराधनाको लागि श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर खोल्ने गरिएको यहाँहरुलाई जानकारी गराई आएका छौं |

गत जुन २१, २०२० देखि यस मंदिरबाट प्रत्यक्ष प्रसारणशुरु गरिएको श्रीमद्भागवत कथावाचन तथा प्रवचन श्रवणको आनन्द उठाईरहनु भएको होला भन्ने आशा गर्दछौं | यस कार्यक्रम अन्तर्गत द्वादशीको दिनमा श्रीमद्भागवत वाचन र प्रवचनलाई विराम दिनुपर्ने शास्त्रोक्त नियम भएकोले ति दिनमा आध्यात्मिक परिचर्चा हुनेछ |

श्रावण महिना भगवान श्री शिव शंकरको पूजा आराधनाको लागि बिशेष मानिन्छ यस महिनामा मन्दिरमा आफैं उपस्थित भएर वा अनलाइन मार्फत रुद्राभिषेक वा अर्चना गर्न केही भक्तजनहरुले इच्छा पनि देखाउनु भएकोछ |

तसर्थ, यस श्रावण महिनाको सोमवार लगायत कुनै पनि दिनमा जल चढाउन वा पूजा, आराधना गर्न इच्छुक भक्तले आफ्नो नाम ७ (सात) दिन अगाडी टिपाई दिनु भएमा यहाँहरुको सुबिधाको लागि गुरुको व्यवस्था र पूजाको सुचारु व्यवस्थापन गर्न हामीलाई सजिलो हुनेछ |

प्रत्यक्षप्रसारण स्थान, मिति र समय:

स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मंदिर

समय: साँझ ६:०० बजेदेखि ६:३० सम्म

थप जानकारीको लागि सम्पर्क राख्न अनुरोध गर्दछौं:

मूल गुरु श्री शेखर पण्डित (३१८)२००-६०२६

गुरु श्री मेघराज निरौला (६८२)३१३-५३८०

अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल (८१७)७०३-४८२८

महासचिव, श्री छबीमणि चापागाईं (९७२)७९३-२१५७

व्यवस्थापक श्री हरि प्रसाद रेग्मी (५१०)-४१७-८९०७

मन्दिर (९७२)९८६-७७७९