आर्थिक सहयोगको लागि अनुरोध

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु

नमस्कार !

सर्व प्रथम, वर्ष २०७७ (सन् २०२०/२१) मा यहाँ र यहाँको परिवारको सुरक्षित सुस्वास्थ्य तथा सुख-समृद्धिको कामना गर्दछौं

विश्वव्यापी कोरोना संक्रमण बीच आवश्यक सुरक्षाका उपायको पालना गरी मे महिनादेखि मन्दिरमा पूजा अर्चनाको नियमित सेवा पुनः सुचारु गरिएको सबैमा ज्ञात नै छ साथै, अनलाइन (भर्च्युअल्) प्रविधिको उपयोग गरी घरबाट नै श्रीपशुपतिनाथ लगायत देवी देवताहरुको पूजा अर्चना गर्न सकिने व्यवस्थालाई पनि निरन्तरता दिइएको छ । गत जुन २१ देखि दैनिक साँझ ६:० बाट ६:३० सम्म श्रीमद्भागवतको पारायण तथा प्रवचन सुचारु रहेको छ, जुन NCSC को आधिकारिक फेसबुक PujaSamiti बाट प्रत्यक्ष प्रसारण भैरहेको छ

कोरोना महामारी सुरु भएसंगै मन्दिरमा भक्तजन दर्शनार्थीहरुको आगमन ठप्प प्रायः हुनु स्वभाविक नै हो परिणामस्वरूप बिगत चार महिनादेखि मन्दिरको आम्दानी लगभग शुन्यमा झरेको छ तर, प्राय: सबै जसो मासिक खर्च भने यथाबत भैरहेको छ जसले गर्दा आर्थिक संकटको सामना गर्नु परेको जानकारी गराउन बाध्य भएका छौं

यूलेस परियोजनाका लागि संकलित रकम मन्दिरको मासिक खर्चमा प्रयोग नगर्ने कार्यकारिणी समितिको नीति रहेको यहाँहरुलाई पुन:स्मरण गराउन चाहन्छौँ

तसर्थ यस बिषम परिस्थितिबाट मन्दिरलाई पर्न गएको आर्थिक संकट टार्न तत्कालका लागि पुनः एकपटक यहाँहरुको इच्छा अनुसार आर्थिक सहयोग गरिदिनु हुन यहाँहरु सबैमा बिनम्र अनुरोध गर्दछौं |

यहाँहरुले, NCSC को वेबपेज www.ourncsc.org मा वा http://www.ourncsc.org/donate.php मा थिची क्रेडिट वा डेबिट कार्डबाट अथवा मन्दिरमै गएर चेक, नगद वा कार्डबाट अथवा मन्दिरको ठेगानामा चेक पठाएर दान गर्न सक्नु हुन्छ

स्थानीय रूपमा मनाइने तिथि चाड पर्व आदिको बिषयमा जानकारी दिने उद्देश्यले यस संस्थाबाट प्रकाशित २०७७ सालको पात्रो र क्यालेन्डर मन्दिरबाट प्राप्त गर्न सकिने जमेत जानकारीको लागि अनुरोध गर्दछौं

यस संस्थाको दिगो उन्नतिकोलागि गरी आउनु भएको अमूल्य सहयोग र समझदारीको निरन्तरताको लागि यहाँहरुप्रति आभारी छौं