कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बचौं र बचाऔं
सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु,
गत मे महिनादेखि नियमित समयमा पूजा आराधनाको लागि श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर खुला रहेको यहाँहरुलाई जानकारी गराई आएका छौं ।
श्रावण महिनाको शुरुआत संगै हाम्रा धार्मिक तथा सांस्कृतिक चाड पर्वहरु धमाधम शुरु भएका छन्। यस क्रममा, यस महिनाको मुख्य चाड जनैपुर्णिमा(ऋषी तर्पणी)आगामी सोमवार, अगष्ट ३ मा परेको जानकारी गराउन चाहन्छौँ।
सो दिन मन्दिरमा नियमित रुद्रपाठ, अभिषेक तथा यज्ञोपवित (जनै) मंत्रने, जनै फेर्ने तथा रक्षा बन्धन बाँध्ने कार्य बिगत बर्षमा झैं गरिनेछ । यद्यपि, सो क्रममा कोरोना संक्रमणबाट सुरक्षाका उपायसंग कुनै सम्झौता गर्न नमिल्ने बाध्यात्मक परिस्थिति रहेकोले निम्न जानकारी गराउन चाहन्छौँ।
# मन्दिर नियमित समयमा (९:००-१:०० र ५:३०-८:००) खुल्ने र बन्द हुनेछ।
# जनै वा धागो लगाइदिने गुरुहरुले मास्क र पन्जा लगाउनु हुनेछ, यस नियम अन्तर्गत भक्तजनले पनि(प्रवेश द्वारदेखि चिन्ह लगाएको) ६ फीटको दूरी कायम राखी माक्स, पन्जा र ह्यान्ड स्यनिटाईजरको अनिवार्य प्रयोग गर्नुपर्नेछ।
# परिस्थितिलाई ध्यानमा राखी पार्किंग लटमा पालो कुर्नु पर्नसक्ने हुन्छ।
# मन्दिरभित्र प्रवेश गर्नु भएका समूह वा व्यक्तिले १५ मिनेट भित्र दर्शनादि काम सकेर बाहिर निस्किसक्नु पर्नेछ।
# यस बर्ष क्वाँटीको व्यवस्था गर्न सकेनौं, त्यसको लागि क्षमा प्रार्थी छौं।
मन्दिर संचालन आर्थिक सहयोगकोलागि लिंक:
http://www.ourncsc.org/donate.php
थप सूचनाको लागि:-
मूल गुरु श्री शेखर पण्डित (३१८)२००-६०२६
गुरु श्री मेघराज निरौला (६८२)३१३-५३८०
अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल (८१७)७०३-४८२८
महासचिव, श्री छबीमणि चापागाईं (९७२)७९३-२१५७
व्यवस्थापक श्री हरि प्रसाद रेग्मी (५१०)-४१७-८९०७
मन्दिर (९७२)९८६-७७७९