श्रीकृष्ण जन्माष्टमी

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

कोरोना भाइरस (KOVID-19) को संक्रमणबाट बचौं र बचाउँ

सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार

यस बर्ष (२०७७) को भगवान श्रीकृष्ण जन्माष्टमी पर्व यही सोमवार, अगस्त १०, २०२० मा परेको जानकारी गराउन चाहन्छौँ  

सो दिन बिहान श्रावणको हरेक सोमवार गरिने रुद्राभिषेक र पूजा बिहान  ९ बजेदेखि गरिने र मध्यान्ह कालिन आरति सधैं झैं १२ बजे हुनेछ भने साँझको कार्यक्रम निम्न बमोजिम रहनेछ:

  • साँझ ६:०० देखि ६:३० सम्म सदाझैं चतुर्मास श्रीमद्भागवत पुराण कथा प्रवचन
  • ६:४५ देखि ७:३० सम्म भगवान श्रीकृष्णको पूजा अर्चना
  • ७:३० बजे नियमित आरति तथा पुष्पान्जली
  • ८:०० बजे मन्दिर बन्द हुनेछ

मन्दिरमा उपस्थित हुदा कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सम्पूर्ण उपायहरु, जस्तै मास्क, पन्जा र ह्याण्ड स्यानीटाईजरको प्रयोग अनिवार्य हुनेछ  

एकै परिवारका सदस्य सहित सबै जनाले आपसमा ६/६ फिटको सामाजिक दुरी कायम गर्ने लगायत समितिले तोके अनुसारका सबै मापदण्डको पूर्णतया पालना गर्नु पर्नेछ

मन्दिर संचालन आर्थिक सहयोगकोलागि लिंक: http://www.ourncsc.org/donate.php

थप सूचनाको लागि:-

मूल गुरु श्री शेखर पण्डित - (318) 200-6026

गुरु श्री मेघराज निरौला - (682) 313-5380

अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल - (817) 703-4828

महासचिव, श्री छबीमणि चापागाईं - (972) 793-2158

व्यवस्थापक श्री हरि प्रसाद रेग्मी - +1 (510) 417-8907

मन्दिर -(972) 987-7779