हरितालिका (तीज) पूजाको व्यवस्था

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

सबै दिदीबहिनीहरुमा हरितालिका(तीज)को शुभकामना,

यही  August 21 शुक्रवार (भाद्र ०५ गते) हरितालिका (तीज)तथा  23 आइतवार(भाद्र ७) ऋषिपंचमी  परेको समेत स्मरण गराउन चाहन्छौँ ।

#  विश्वव्यापी संक्रमणको रूपमा रहेको कोभिड-१९ बाट भक्तजनको सुरक्षालाई ध्यानमा राखी यस बर्ष मन्दिरमा भक्तहरूको  प्रत्यक्ष उपस्थितिमा तीज पूजाको व्यबस्था गर्न/ गराउन असमर्थ भएको हुँदा NCSC ले भर्च्युअल प्रविधिको (अनलाईन) माध्यमबाट पूजा गर्न सकिने व्यबस्था मिलाइएको सूचना  गर्दछौं ।

#  सो दिनमा NCSC Facebook Puja Samiti’ लिंकबाट दिउसो १:०० बजे देखि ३:००बजे सम्म हरितालिका पूजा बिधि प्रत्यक्ष प्रसारण गरिने हुँदा व्रतालु दिदीबहिनीहरूले आ-आफ्नो घरको मन्दिर कोठामा वा त्यस्तै उपयुक्त स्थानमा बसी KOVID-19 को सम्भावित संक्रमणबाट पूर्ण सुरक्षित रही पूजा गर्न सक्ने सुविधा हुनेछ

#  मन्दिरमा शिवजीलाई बिहान ९ देखि साँझ ७:३० वजेसम्म दुध तथा जल अर्पण गर्न सकिनेछ । तर, अर्पण गर्न आवश्यक पर्ने दुध मन्दिरमा नै उपलब्ध गराइने भएकोले भक्तहरूले दुध तथा कुनै पनि पूजा सामग्री साथमा नल्याउनु हुन अनुरोध गर्दछौं

# मन्दिरमा उपस्थित हुँदा मास्क, पन्जा र ह्याण्ड स्यानीटाईजरको प्रयोग अनिवार्य हुनेछ, साथै एकै परिवारका सदस्यहरूले पनि आपसमा ६/६ फिटको सामाजिक दुरी कायम गर्ने लगायत समितिले तोके अनुसारको मापदण्डको पूर्णतया पालना गर्नु पर्नेछ

#  मन्दिरभित्र प्रवेश गर्नु भएका समूह वा व्यक्तिले १० मिनेट भित्रमा दर्शनादि काम सकेर बाहिर निस्किसक्नु पर्नेछ भने मापदण्ड अनुसार भक्तहरूको भवन भित्र प्रवेश भइसकेको अबस्थामा अरु भक्तहरूले बाहिर नै आफ्नो पालो कुर्नु पर्ने हुनसक्छ

NCSC मन्दिर संचालन आर्थिक सहयोगकोलागि लिंक: http://www.ourncsc.org/donate.php

थप सूचनाको लागि:-

मूल गुरु श्री शेखर पण्डित - (318) 200-6026

गुरु श्री मेघराज निरौला - (682) 313-5380

अध्यक्ष श्री सुरेश चन्द्र पोख्रेल - (817) 703-4828

महासचिव, श्री छबीमणि चापागाईं - (972) 793-2158

व्यवस्थापक श्री हरि प्रसाद रेग्मी - +1 (510) 417-8907

मन्दिर -(972) 987-7779