बडा दशैं (विजया दशमी) सम्बन्धमा

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

आश्विने शुक्लपक्षे तु दशम्यां पूजयेन्नर:। एकादश्यां न कुर्वीत पूजनं चापराजितम् ।।

उदये दशमी किन्चित्सम्पूर्णैकादशी यदि । श्रवणर्क्षं यदा काले सा तिथिर्विजयाभिधा ।।

यां तिथिं समनुप्राप्य उदयं याति भास्कर: । सा तिथि सकला ज्ञेया पूजाध्ययन कर्मषु ।।

हाम्रा सबै तिथि नक्षत्रहरुको उदय पश्चिमबाट पूर्वतर्फ हुने ज्योतिषशास्त्रको सिद्धान्त अनुसार नेपालको भन्दा अमेरिकाको समय ९ घण्टा ४५ मिनेट पछाडी रहेकोले तिथिहरू पश्चिमबाट शुरुहुने हुँदा गते र बारका हिसाबले तिथिका उदय अमेरिकामा पहिले हुन्छन् भनेर बुझ्नुपर्ने जानकारी गराउन चाहन्छौं ।

आश्विन शुक्लपक्षको दशमी (विजयादशमी) तिथिको सबैभन्दा उत्तम शुभ साइतबाट कोजाग्रत पूर्णिमासम्म श्रीभगवतीको प्रसादस्वरूप आफ्ना मान्यजनहरुबाट आशिष सहित टीका जमरा ग्रहण गर्ने हाम्रो शास्त्रीय निर्देश रहेकोछ ।

उपरोक्त विधिमा आधारित तिथिको गणना अनुसार नेपाल पन्चांग निर्णय समिति र अन्तर्राष्ट्रिय पन्चांग समितिको निर्णयमा अमेरिकाको Central Standard Time (CST) गणना गरी अमेरिका र क्यानाडाकै प्रयोजनको लागि छापिएको दिव्यदृष्टि नेपाली पन्चांग अनुसार अमेरिकामा यस बर्षको विजयादशमी तिथिको घडी/पला अनुसार आइतबार, अक्टोबर २५ को 00:32 CST मा शुरु भएर सोमबार, अक्टोबर २६ को 00:51 CST सम्म रहने र अमेरिका/क्यानाडामा यसबर्ष आइतबार अक्टोबर २५, २०२० (कार्तिक ९, २०७७) बाट नै विजया दशमीको टिकाको साइत शुरुभै शुक्रवार, अक्टोबर ३० तारिख कोजाग्रत पूर्णिमासम्म रहने छ ।

नेपालमा पनि विजयादशमी तिथिको घडी/पला आइतबार, अक्टोबर २५ को बिहान ११:१७ बाट नै शुरु भएको हुन्छ तापनि त्यस्को भोलिपल्ट सोमबार अक्टोबर २६ को बिहान ११:३६ सम्म विजयादशमी तिथी रहेको छ । सोही कारणले नेपालमा चाहिं विजयादशमीको टीका सोमबार, अक्टोबर २६ लाई निर्धारण गरिएकोले टीकाको दिन कार्तिक १० गते सोमबार देखि कोजाग्रत पूर्णिमा कार्तिक १४ गते शुक्रबार, तदनुसार अक्टोबर २६ देखि अक्टोबर ३० सम्म समुदायको आ-आफ्नो कुल परम्परा अनुसार नेपालमा पनि टीका-जमरा लगाउने अवधि रहेको देखिन्छ ।

यस बिषयमा कुनै जिज्ञासा वा प्रश्न भएमा यस मन्दिरका गुरुहरुसंग निम्न फोन नम्बरमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

विनित:

श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर

मूलगुरू डा. शेखर पण्डित (फोन नम्बर ३१८-२००-६०२६)

आचार्य मेघराज निरौला (फोन नम्बर ६८२-३१३-५३८०)

तथा यस मंदिरसंग सम्बन्धित अन्य गुरूहरु ।