युलेस प्रोजेक्ट कार्यान्वयन योजना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

हार्दिक अपिल

आदरणीय संरक्षक/ट्रष्टी/संस्थापक, आजीवन, साधारण सदश्य ज्यूहरु तथा संपूर्ण डालसवासी दाजुभाई दिदीवहिनी,

सादर नमस्कार,

कोरोना कहरको  वर्तमान विषम परिस्थितिका बीच पनि NCSC, Euless Project को निर्माण कार्य नोभेम्बरबाट शुरु हुने योजनामा छ र ४ देखि ६ महिनामा प्रस्तावित कार्य योजना अनुसार  First phase अन्तरगत निम्न लिखित कुराहरु सम्पन्न गर्ने/गराउने पक्षमा छौं ।

1. Remodeling of the building at 1212 Royal Pkwy

2. Land development/Land grading of the entire project (Phase1 & Phase2)

3. Fire lane, side walk, retaining wall, detention pond (Phase1 & parts of Phase2)

4. 80% of the Parking lot (current plus future need – Phase1 & Phase2)

5. 70% of Landscaping (Phase1 and Phase2)

माथि उल्लिखित कार्यहरु भबिष्यको परियोजना धेरै ठुलो नहोस भनि Phase 2 मा पर्ने केहि कामहरु अहिले नै पुरा गर्न खोजिएको हो | यसो गर्दा, निकट भविष्यमा हामीले ठूलो मन्दिर भवन बनाउने कार्य शुरू गर्दा हामीले एकदमै न्युन Concrete Work गर्नुपर्ने हुन्छ |

हालको प्रस्तावित योजना सम्पन्न गर्न हामीसग हाल रहेको नगदमा थप $८००,०००.०० को आवश्यकता चार महिना भित्रै पर्ने हुनाले यहाँहरुले pledge गर्नु भएको रकम तथा बिगतमा pledge मा सहभागी हुन नसक्नु भएका दाताहरूले समेत आफ्नो मनले अर्पण गर्नुभएको दान उपल्ब्ध गराई सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।

सधन्यबाद.

भवदीय 

कृष्ण लामिछाने (Chair, Fundraise committee)

मनोज सिग्देल (VP, Finance & Planning)

डा. मुरलि अधिकारी (Chair, Planning, Strategy and Design)

विनय अर्याल (Chair, Board of Trustees)

छबि चापागाॅंई ( Chair, Financial Mgmt & Book Keeping)