बडा दशैं २०७७ को कार्यक्रम

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु,

 

सर्वप्रथम, वडादशैं २०७७ को शुभ उपलक्षमा यहाँहरू सवैमा हार्दिक शुभकामना अर्पण गर्दछौं

अमेरिकाको CST अनुसार यसवर्ष वि.सं २०७७ को वडादशैं अन्तर्गत घटस्थापना (जमरा राख्ने) शुभ मुहूर्त शनिबार, अक्टोबर १७ को बिहान १०:३८ बजे रहेको

नवरात्रीको अवधि प्रतिपदादेखि नवमीसम्म प्रत्येक दिन प्रातः १० बजे दुर्गा सप्तशती पाठ पारायण गरिनेछ, सो अवधिमा श्री दुर्गा भवानीको पूजा आराधनाका अन्य कार्यक्रम निम्न बमोजिम रहेका छन्

  • #  शनिवार, अक्टोबर १७ नवरात्रको प्रथमदिन -शैलपुत्री भवानीको विशेष पूजा आराधना
  • # आइतवार, अक्टोबर १८ द्वितीया तिथि - माता ब्रह्मचारिणी भवानीको विशेष पूजा आराधना
  •  # सोमबार, अक्टोबर १९ तृतीया चतुर्थी तिथि - चन्द्रघण्टा कुष्माण्डा भवानीको विशेष पूजाआराधना
  • # मंगलबार, अक्टोबर २० पन्चमी तिथि -स्कन्दमाता भवानीको विशेष पूजा आराधना
  • # बुधबार, अक्टोबर २१ षष्ठी तिथि -कात्यायनी भवानीको विशेष पूजा आराधना साँझ :०० बजे विल्व निमन्त्रण तथा विल्व (बेल) वृक्ष विशेष पूजा
  • # बिहिबार, अक्टोबर २२ सप्तमी - फूलपातीको दिनमा 'कालरात्री' को पूजाका साथमा विशेष विधिले महासरस्वती, कालरात्रि, माता भद्रकाली, तथा शाम्भवी भवानीको पूजा आराधना गरिने  साँझ 
  • :०० बजे नवपत्रिका फूलपातीको प्रवेश गरी पूजा
  •  # शुक्रबार, अक्टोबर २३ महाअष्टमी तिथि - वैदिक विधानले 'महागौरी' भवानीको विशेष पूजा आराधना
  •  # शनिवार, अक्टोबर २४ महानवमी तिथि -'माता सिद्धिदात्री भवानी' को विशेष पूजा आराधना

- यसैदिन मध्याह्न १२:०० बजे नवकन्याहरूको पूजा गरी १२:३० मा नित्य आरतीका साथमा नवदुर्गा भवानीको महाआरती, साँझ ०५:०० बजेबाट अग्निस्थापना गरी सप्तशती चण्डी मन्त्रद्वारा पाठ पारायणको दशांश हवन।

-  # आइतबार, अक्टोबर २५ शुभ विजया दशमी महापर्व (२०७७ कार्तिक ०९ गते) को दिनमा प्रातः दुर्गा भवानीको नित्य विशेष पूजा गरी ११:२९ को साइतमा देवी विसर्जन गरे पश्चात टीका जमरा लगाउन समय खुल्ने

- यसवर्षको विजयादशमीको टीका जमरा ग्रहणगर्ने शुभसाइत अक्टोबर २५, आइतबार बिहान ११:५१ बजेमा सर्वोत्तम रहेको दिनको :०५ बाट :५४ सम्म विजया मुहूर्त रहेकोले टीका ग्रहणको लागि शुभ यद्यपि यो शुभ दिनमा भक्तजनहरूले यस मन्दिरमा प्रात: ११:५१ बजेबाट सांझ :०० बजेसम्म आदरणीय गुरूज्यूहरूबाट माता भवानीको प्रसाद स्वरूप टीका जमरा लगाउन सक्नु हुने

- सोमबार, अक्टोबर २६ आश्विन शुक्ल एकादशी देखि शुक्रबार, अक्टोबर ३० कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका प्रसाद ग्रहण गर्ने परम्परा रहे अनुसार  टीका जमरा लगाउन सकिनेछ

यस बिषयमा कुनै जिज्ञासा वा प्रश्न भएमा यस मन्दिरका आदरणीय गुरुवर्गसॅंग सम्पर्क राख्नुहुन अनुरोध

ध्यानाकर्षणको लागि:

बिगतका बर्षहरुमा जस्तै यस मन्दिरमा जमरा राख्न चाहने भक्तजनहरुले यही अक्टोबर १५ तारिख बिहीबार साँझ बजे भित्रमा सहयोग शुल्क बुझाउनु हुन हार्दिक अनुरोध गर्दछौं

अन्यथा जमरा उपलब्ध गराउन असमर्थ हुने व्यहोरा सबिनय अनुरोध गर्न चाहन्छौँ

जमराको सहयोग शुल्क

ठूलो ट्रे २० डलर

सानो ट्रे १० डलर

जमरा online Book  गर्न यो Link  मा जानुहोला http://www.ourncsc.org/donate.php

 

 

 

विनित:

नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)

श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर

http://www.ourncsc.org/index.php