आदरणीय सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु,
सर्वप्रथम, वडादशैं २०७७ को शुभ उपलक्षमा यहाँहरू सवैमा हार्दिक शुभकामना अर्पण गर्दछौं ।
अमेरिकाको CST अनुसार यसवर्ष वि.सं २०७७ को वडादशैं अन्तर्गत घटस्थापना (जमरा राख्ने) शुभ मुहूर्त शनिबार, अक्टोबर १७ को बिहान १०:३८ बजे रहेको छ ।
नवरात्रीको अवधि प्रतिपदादेखि नवमीसम्म प्रत्येक दिन प्रातः १० बजे दुर्गा सप्तशती पाठ पारायण गरिनेछ, सो अवधिमा श्री दुर्गा भवानीको पूजा आराधनाका अन्य कार्यक्रम निम्न बमोजिम रहेका छन् ।
- यसैदिन मध्याह्न १२:०० बजे नवकन्याहरूको पूजा गरी १२:३० मा नित्य आरतीका साथमा नवदुर्गा भवानीको महाआरती, साँझ ०५:०० बजेबाट अग्निस्थापना गरी सप्तशती चण्डी मन्त्रद्वारा पाठ पारायणको दशांश हवन।
- # आइतबार, अक्टोबर २५ शुभ विजया दशमी महापर्व (२०७७ कार्तिक ०९ गते) को दिनमा प्रातः दुर्गा भवानीको नित्य र विशेष पूजा गरी ११:२९ को साइतमा देवी विसर्जन गरे पश्चात टीका जमरा लगाउन समय खुल्ने छ ।
- यसवर्षको विजयादशमीको टीका जमरा ग्रहणगर्ने शुभसाइत अक्टोबर २५, आइतबार बिहान ११:५१ बजेमा सर्वोत्तम रहेको र दिनको १:०५ बाट ३:५४ सम्म विजया मुहूर्त रहेकोले टीका ग्रहणको लागि शुभ छ । यद्यपि यो शुभ दिनमा भक्तजनहरूले यस मन्दिरमा प्रात: ११:५१ बजेबाट सांझ ८:०० बजेसम्म आदरणीय गुरूज्यूहरूबाट माता भवानीको प्रसाद स्वरूप टीका जमरा लगाउन सक्नु हुने छ ।
- सोमबार, अक्टोबर २६ आश्विन शुक्ल एकादशी देखि शुक्रबार, अक्टोबर ३० कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका प्रसाद ग्रहण गर्ने परम्परा रहे अनुसार टीका जमरा लगाउन सकिनेछ ।
यस बिषयमा कुनै जिज्ञासा वा प्रश्न भएमा यस मन्दिरका आदरणीय गुरुवर्गसॅंग सम्पर्क राख्नुहुन अनुरोध छ ।
ध्यानाकर्षणको लागि:
बिगतका बर्षहरुमा जस्तै यस मन्दिरमा जमरा राख्न चाहने भक्तजनहरुले यही अक्टोबर १५ तारिख बिहीबार साँझ ७ बजे भित्रमा सहयोग शुल्क बुझाउनु हुन हार्दिक अनुरोध गर्दछौं
अन्यथा जमरा उपलब्ध गराउन असमर्थ हुने व्यहोरा सबिनय अनुरोध गर्न चाहन्छौँ ।
जमराको सहयोग शुल्क
ठूलो ट्रे २० डलर
सानो ट्रे १० डलर
जमरा online Book गर्न यो Link मा जानुहोला । http://www.ourncsc.org/donate.php
विनित:
नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)
श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर