श्रीद्भागवत कथा प्रवचन समापन (साङ्गे) कार्यक्रम

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

कोभिड-१९ बाट सुरक्षित रहाैं स्वस्थ्य रहौं

श्रद्धेय भक्तजनहरुमा आमन्त्रण

यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरबाट गत जुन २१, २०२० देखि भर्च्युअल प्रविधिको  प्रयोग गरी प्रत्यक्ष प्रशारण भैरहेको श्रीमद्भागवत महापुराण कथाको पाठ-पारायण तथा प्रवचनमा यहाँहरुको उत्साहजनक सहभागिताले हामीलाई अद्भुत प्रेरणा मिलेको छ

यस बर्षको चतुर्मासको समाप्तिसंगै श्रीमद्भागवत वाचनको समापन (साङ्गे) कार्यक्रम निम्न बमोजिम हुन गैरहेकोले सोको समेत अनलाइन प्रत्यक्ष प्रशारण गरिने जानकारी गराउंदै सहभागिताको लागि आमन्त्रण गर्दछौं

कार्यक्रम निम्न बमोजिम रहेकोछ:

मिति नोभेम्बर २९, आइतवार

  • बिहान १० बजे ब्राह्मण वरण र बाँकी रहेको पाठ पारायण शुरु
  • मध्यान्ह १२ बजे श्री पशुपतिनाथको नित्य आरति
  • दिनको १ बजे श्रीमद्भागवतको दशांश हवन तथा तुलसी आहुति
  • दिनको २ बजे श्रीविष्णुसहस्रनाम पाठ सहित तिल अर्चना
  • दिनको २:३० बजे पूर्णाहुति
  • दिनको ३ बजे टीका, तथा तिलक प्रसाद ग्रहण

मास्कको प्रयोग र भौतिक दूरी नियमको अनिवार्य पालना गराैँ

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर /

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)