जनवरी महिनाका चाडपर्व

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

श्रद्धालु भक्तजनहरु,

यस २०२१ को जनवरी महिनाको पूर्वार्द्धमा पर्ने निम्न बिशेष तिथि तथा चाडपर्वको बिषयमा जानकारी हुन अनुरोध गर्दछौं:

शनिवार, जनवरी ९ – सफला एकादशी व्रत .

आइतवार, जनवरी १० – पौष महिनाको अन्तिम आइतवार सूर्य व्रत र पूजन .

मंगलवार, जनवरी १२ – पौष अमावश्या (तीर्थ श्राद्ध गर्ने औंशीको दिन) .

बिहिवार, जनवरी १४ – माघे (मकर) संक्रान्ति – उत्तरायण आरम्भ (घ्यू, चाकू, तरूल, खिचडी आदि खाएर पर्व मनाउने दिन)

मकर संक्रान्तिको दिनमा (बिहान ९:३० – १०:३०) श्री पशुपतिनाथको बिशेष पन्चामृत अभिषेक-स्नान तथा पूजा आराधना गरिने छ  .

सो अवसरमा अभिषेक, पूजा अर्चना गर्न चाहने भक्तजनहरुले निम्न फोनमा सम्पर्क राख्नु हुन अनुरोध गर्दछौं .

पूजा अर्चनाको प्रत्यक्ष प्रसारण गरिने समेत जानकारी गराउन चाहन्छौँ  .

सम्पर्क:

मूलगुरू डा. शेखर पण्डित – (३१८) २००-६०२६

गुरु श्री मेघराज निरौला – (६८२) ३१३-५३८०

मन्दिर (खुल्ने समयमा) (९७२) ९८६-७७७९