श्री स्वस्थानी महात्म्य महिना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

श्रद्धेय भक्तजनहरुमा नमस्कार,

यस वर्ष २०७७ को स्वस्थानी महात्म्य (कथा वाचन तथा श्रवण) आगामी बिहिवार, जनवरी २८ बिहिवार पौष शुक्ल पूर्णिमाको दिनबाट शुरु भै शुक्रवार, फरबरी २६ माघ शुक्ल पूर्णिमाको दिनमा समापन (साङ्गे) हुनेछ . यस अवधिभर यस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा इच्छुक भक्तहरुको उपस्थितिमा श्री स्वस्थानीको तल तालिकामा उल्लेखित समयमा कथा वाचन तथा श्रवण गर्ने कार्यक्रम रहेको जानकारी गराउन चाहन्छौँ .

इच्छुक भक्तहरुले यसैसाथ संलग्न तालिकामा बुक भैसकेको जनिएका बाहेकका दिनहरुमा आफ्नो सुबिधा र अनुकुलता अनुसार नाम टिपाई दिनु भएमा सोही बमोजिम कार्यक्रम तय गरी अन्तिम सूची प्रकाशित गर्ने व्यहोरा जानकारी गर्नुहुन अनुरोध गर्दछौं . सो कथा वाचन अनलाइनबाट पनि प्रत्यक्ष (live) प्रशारण गरिनेछ . यहाँहरुको सक्रिय सहभागिताको अपेक्षा गरेका छौं .