महाशिवरात्री कार्यक्रम - सूचना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु

नमस्कार !

यही मार्च ११ तारिख, बिहिबारमा परेको महाशिवरात्री का पावन अवसरमा यहाँहरु सबैमा आराध्यदेव श्रीपशुपतिनाथको आशिर्वाद रहिरहोस – यही मंगलमय शुभकामना व्यक्त गर्दछौं .

उक्त दिन श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निम्न बमोजिम कार्यक्रम रहेको जानकारी गराउंन चाहन्छौँ:

  • विहान ९:३० देखि ११:३० सम्म पूजा अर्चना, रुद्री पाठ सहित रुद्राभिषेक .
  • विहान ११:३० देखि १२:०० अलंकार, पूजा आराधना .
  • मध्यान्ह १२:०० बजे  नित्य आरती .
  • साँझ ६:०० बजे १०८ दीप प्रज्वलन पूर्वक शिवजीका नाम मन्त्रद्वारा १०८ अर्चना पूजा, यथायोग्य भजन कीर्तन .
  • साँझ ७:०० बजे नियमित सन्ध्या आरती .

बिहान ९:०० बजेदेखि साँझ ७:३० बजेसम्म खुला रहने छ . यहांहरुले आफ्नो अनुकूल समयमा श्रीपशुपतिनाथको दर्शन गर्न र शिवलिंगमा दुध तथा जलले स्नान गराउन सक्नु हुनेछ .

बिहानको रुद्राभिषेक तथा पूजा अर्चनामा संकल्प सहित कर्ता हुन चाहने भक्तहरुले NCSC का व्यवस्थापकसंग सम्पर्क गर्नुहुन अनुरोध छ . संकल्प सहित कर्ता हुन चाहनेहरुका लागि सहयोग शुल्क $५१.०० निर्धारण गरिएको छ .

सम्पर्क नम्बर (५१०) ४१७-८९०७ वा मन्दिरको (९७२) ९८६-७७७९ मा (मन्दिर खुल्ने समयमा)

थप जानकारीको लागि सम्पर्क फोन नम्बरहरु:

(८१७) ७९३-४८२८ (अध्यक्ष)

(९७२) ७०३-२१५७ (महासचिव)

(४६९) ३७१-१४५९ (पूजा समिति संयोजक)

(३१८) २००-६०२६ (मूल गुरू)

(६८२) ३१३-५३८० (गुरू)

प्रार्थी:

नेपाली संस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)

नोट: कोरोना महामारीका कारण यहाँहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै दर्शनार्थीहरुको जमघट र सामुहिक प्रसाद वितरण कार्यक्रम गर्न असमर्थ रहेको व्यहोरा अनुरोध गर्दछौं