सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा नमस्कार,
यही मे १४, शुक्रवारको दिनमा परेको यस वर्ष २०२१ (बि. सं. २०७८) को ‘अक्षय तृतीया’ (श्रीपरशुराम जयन्ती, त्रेतायुग आरम्भ) पर्वमा श्री पशुपतिनाथ भगवानका सन्निधिमा ‘धर्मघट पूजा अर्चना’ तथा पशुपतिनाथ भगवानमा बिशेष पन्चामृत अभिषेक र रुद्रार्चना समेत गरिने कार्यक्रम रहेको अनुरोध गर्दछौं ।
सो अवसरमा इच्छुक भक्तजनहरु मन्दिरमा उपस्थित भै सहभागी हुन सक्नुहुनेछ भने अनलाइनबाट पूजा, अर्चना गर्न सकिने समेत जानकारी गराउन चाहन्छैाँ । यहाँहरूको सहयोग र सहभागिताको हामी सदैव स्वागत गर्दछौं ।
कोरोना संक्रमण मत्थर हुँदै गएको सन्दर्भमा भक्तजनहरूको बढ्दो सहभागिताले हामिलाई उत्साहित बनाएको छ ।
स्थान र समय:
स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर
समय: बिहान ९:३० बजे
संकल्प तथा पूजा अर्चनाको लागि सम्पर्क:
गुरु मेघराज निरौला (६८२) ३१३-५३८०
छबिमणि चापागाईं (९७२) ७९३-२१५७
हरि रेग्मी (५१०) ४१७-८९०७
मन्दिर (९७२) ९८६-७७७९
कृपया मास्क लगाउनु भने अनिवार्य छ