श्री सीता जयन्ती बिहिवार, मे २०, २०२१ (ज्येष्ठ ६ गते, २०७८) को सुअवसरमा सम्पूर्ण भक्तजनहरुमा शुभकामना अर्पण गर्दछौं
बैशाख शुक्ल नवमी तिथि "जनकनन्दिनी माता सीता" यस धर्तीमा अवतरण हुनु भएको दिव्य पर्व हो . राजा जनकको यज्ञभूमिमा हलोको फाली (सियो) बाट प्रकट भई जनक पुत्री बनेर शिवधनुष समेत सहजै उठाउने माता सीताका पवित्र चरित्रहरू अपरम्पार छन् .
आदर्श पुत्री, आदर्श पत्नी, आदर्श बुहारी, आदर्श भाउजु तथा आदर्श आमाका रूपमा रहेर समग्र नारीहरुको मर्यादालाई स्थापित गर्दै माता सीताले सत्यको मार्गदर्शन गर्नु भएको उदाहरणीय इतिहास छ .
यस शुभ अवसरमा यस मन्दिरमा श्री सीताराम भगवानको पूजा अर्चना भव्यताका साथ गर्ने कार्यक्रम रहेकोछ . सो अवसरमा यहाँहरु सबैको सहभागिताका लागि आमन्त्रण गर्दछौं .
स्थान र समय:
स्थान: श्री पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहार, अर्भिंग
समय: साँझ ६:०० बजेबाट
विनित,
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिवार
कृपया मास्क लगाउनु अनिवार्य छ