सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा जानकारी तथा अनुरोध
साउन महिना लागेसंगै नेपालीका चाड पर्वहरु धमाधम नजिकिने क्रम शुरु भएको छ | यस क्रममा नाग देवतालाई पुज्ने तथा ढोकामा नागको तस्वीर (पट) टाँसेर पूजा गर्ने दिन आगामी बिहिवार, अगस्ट १२ को दिनमा परेको छ | यहाँहरुलाई नागको पट आवश्यक परेमा यस मन्दिरको व्यवस्थापनसंग सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं |
नाग पंचमी पछी लगत्तै शनिवार, अगस्ट २१ को दिनमा जनै फेर्ने तथा रक्षा बन्धन बाँध्ने दिन ऋषि तर्पणी (जनै पूर्णिमा) परेको समेत जानकारी गराउन चाहन्छौँ | सो दिनमा श्री पशुपतिनाथको दर्शन लगायत वैदिक विधिले मंत्रेको जनै फेर्न र रक्षाबन्धन बाँध्न भक्तजनहरुलाई सुबिधा होस् भन्ने हेतुले मन्दिर ८ बजे बिहान देखि दिनभरी खुला रहने समेत जानकारी हुन अनुरोध गर्दछौं |
दर्शनार्थ मन्दिरमा पाल्नुहुँदा आफ्नो र अरु भक्तजनहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मास्क र ह्यान्ड स्यानीटाईजर को प्रयोग र सुरक्षात्मक दूरीको पालना गरिदिनु हुन समेत विनम्र अनुरोध छ |
विनित,
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र
श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार