थपजानकारी हेर्दै गर्नुहोला।
संम्पूर्ण महिलाको महान चाड हरितालिका तिज पर्वको उपलक्ष्यमा सबै दिदीबहिनीहरुमा हार्दिकमंगलमय शूभकामना सहित सौभाग्यवतिको कामना गर्दछौं।
यस वर्षको तिज (हरितालिका ब्रत)Sep 9th, Thursday का दिन परेको सबैमा जानकारी सहित श्री पशुपतिनाथ मन्दिर तथा बौंद्ध विहार NCSCमा तिज पर्व अन्तरगत बिबिध कार्यक्रमहरू तपसिल अनुसार मनाईने जानकारी गराउदछौं।
# Sep 5th, Sunday - मन्दिर परिसरमा दिदीबहिनीहरूलाई दर खुवाउने ( निशूल्क)
# Sep 6th Monday- कुशेऔशी ( बाबुको मुखहेर्ने दिन)
# Sep 9th, Thursday - तिज हरितालिका पर्व तथा तिज पूजा ( मन्दिरमा ४ समूह बनाई फरक फरक समयमा पूजा गरिने हुनाले अग्रीम वुकिंग गर्न सबैमा अनुरोध छ।)
# हरितालिका ब्रतका दिन श्री पशूपतिनाथ दर्शन तथा दुध जल अर्पणको लागि (निशूल्क) दिनभरी मन्दिर खुल्ला रहनेछ।
हरितालिका पूजाको लागि आवश्यक पूजा सामाग्री-
(मन्दिरमा पूजा गर्दाको अबस्थामा)
# टीका, चन्दन, धुप, भेटी, फूल, माला, जौ तिल आदि
# सौभाग्य सामाग्री,विभिन्न रंगको कपडा,कांचो नरिवेल
# कलश, दीयो, पूजागर्ने प्लेट ५, बोल ५,
# आप, पिपल, बेलपत्र,पान का पातहरू
# पूर्णपात्रो, चामल, रक्षाबन्धन, पंचामृत, प्रसाद
# कुश, जनै २, सुपारी २, शिवलिंग १(मन्दिरमा उपलब्ध हुने)
(छुट्फुट सामानको लागी मन्दिरमा सम्पर्क राख्नुहोला)
# Sep 10th Friday - गणेश चतुर्थी तथा ऋषिपंचमी
सप्तऋषी पूजा( पंचमी पूजा)
हरितालिका व्रतपूजा तथा सप्तऋषी पूजा(पंचमी पूजा)गर्न चाहाने सबैले $21.00 सेवा शूल्क भूक्तानी गर्नु पर्नेछ।
हरितालिका पूजा मन्दिरमा गर्न ईच्छुक दिदीबहिनीहरूका लागि यस पटक online registration को पनि व्यवस्था गरिएको जानकारी गराउन चाहान्छौं।
Registration गरी आफ्नो स्थान सुरक्षित गर्नुहोला।
रजिष्ट्रेसनका लागि लिंक-
https://www.ourncsc.org/special-events.php
COVID-19 को नकारात्मक प्रभाबलाई कमि गर्नको लागि अनिवार्य रूपमा मास्कको प्रयोग गरिदिनुहुन अनुरोध छ।
ॐ नम: शिबाय
NCSC, Executive Committee