आदरणीय दिदीबहिनीहरू
नमस्कार,
दिदीबहिनीहरुले हरेक वर्ष गर्ने हरितालिका ब्रत पूजा सेप्टेम्बर ९ तारिख बिहिबार परेकोले तीजका अवसरमा मन्दिरमा पूजा गर्न ईच्छुक दिदीबहिनीहरूका लागि यस पटक online registration को व्यवस्था गरिएको जानकारी गराउन चाहान्छौं।
Registration गरी आफ्नो स्थान सुरक्षित गर्नुहोला।
रजिष्ट्रेसनका लागि लिंक-
https://www.ourncsc.org/special-events.php
मन्दिरमा गरिने पूजा ४ समूहमा बिभाजन गरी तयार गरिनेछ।
आफूले पूजा गर्ने समूहको १५ मिनट अगाडी मात्र उपस्थिति हुन अनुरोध छ।
पहिलो समूह- 8:00 AM to 10:00 AM
दोश्रो समूह - 11:00 AM to 1:00 PM
तेश्रो समूह - 2:00 PM to 4:00 PM
अन्तिम समूह - 5:00 PM to 7:00 PM
पूजा तोकिएको समयमा शूरू हुनेछ।
हरितालिका पूजाको लागि आवश्यक पूजा सामाग्री-
(मन्दिरमा पूजा गर्दाको अबस्थामा)
# टीका, चन्दन, धुप, भेटी, फूल, माला, जौ तिल आदि
# सौभाग्य सामाग्री,विभिन्न रंगको कपडा,कांचो नरिवेल
# कलश, दीयो, पूजागर्ने प्लेट ५, बोल ५,
# आप, पिपल, बेलपत्र,पान का पातहरू
# पूर्णपात्रो, चामल, रक्षाबन्धन, पंचामृत, प्रसाद
# कुश, जनै २, सुपारी २, शिवलिंग १(मन्दिरमा उपलब्ध हुने)
(शिवलिंगमा दुध/जल अर्पणको लागि मन्दिर दिनभरी खुल्ला रहनेछ)
(यो निमन्त्रणा सबै दिदीबहिनीहरू समक्ष पुर्याउन सहयोग गर्नु हुन अनुरोध छ)
ॐ नम: शिवाय
NCSC EXecutive Committee