हरिबोधिनी एकादशीमा पूजा कार्यक्रमको आयोजना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

एकादशी महोत्सव, तुलसी विवाह तथा लाखबत्ती प्रज्वलन 

यही नोभेम्बर १४, २०२१ आइतवार परेको हरिबोधिनी एकादशीको दिनमा श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार अर्भिंगमा हरिबोधिनी एकादशी महोत्सव सहित लक्षबत्ती प्रज्वलन (लाखबत्ती बाल्ने) तथा तुलसी विवाह भव्यरूपमा गरिंदैछ | 

सो अवसरमा सरीक हुन सबै दाजुभाई तथा दिदीबहिनीहरुलाई आमन्त्रण गर्दछौं |

(आमा दिदीबहिनीहरु आफुले बत्ती बनाउनु – कात्नु – भएकोछ, तर लाख पुर्याउन नसकेको अवस्था छ भने उक्त दिन बत्ती सहित मन्दिरमा हुने लाखबत्ती प्रज्वलनमा सहभागिता जनाउन र बत्ती बाल्न सक्नुहुनेछ) 

साथै, 

यदि यहाँहरु पनि कर्ता बनी पूजा समारोहमा सहभागी हुन चाहनु हुन्छ वा कुनै पनि प्रकारको सहयोग (दान, चन्दा, प्रायोजन) गर्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं |

स्थान र समय:

स्थान: श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार 

मिति: नोभेम्बर १, तारिख आइतवार  

समय: बिहान १०:०० बजे देखि 

सो दिनमा सामुहिकरूपमा NCSC को संस्थापक तथा ट्रस्टीको सदस्यता ग्रहण गर्ने बिशेष कार्यक्रम पनि रहेको समेत जानकारी गराउन चाहन्छौँ  |

सम्पर्कको लागि:

  • सुरेश चन्द्र पोख्रेल +1(817) 703-4828
  • छबी मणि चापागाईं +(972) 793-2157
  • भेषराज शिवाकोटी +1(469) 371-1459
  • शेखर प्रसाद पण्डित +1(318) 200-6026
  • मेघराज निरौला +1 (682) 313-5380
  • हरि प्रसाद रेग्मी +1(510) 417-8907

NCSC EC