2021 General Assembly Jan 9 th 2022

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

 

2021 General Assembly Annual Report (Jan 9th, 2022, Sunday)

सम्पूर्ण NCSC आजीवन सदश्य, संस्थापक सदश्य, ट्रष्टी तथा संरक्षकज्युहरु,

NCSC को वार्षिक साधारण सभा 2022 मा यहाँहरु सबैमा हार्दिक स्वागत गर्न चाहन्छु।

सर्बप्रथम 2021 जनवरीमा साधारण सभाको निर्णय अनुसार निर्वाचन समितिबाट बर्तमान समितिलाई नै पुन 2 बर्ष सेवा गर्ने अबसर प्रदान गर्नुभएकोमा हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद दिन चाहन्छौ

2020 को शुरुवातसगै विश्वब्यपी रुपमा परेको COVID-19 को असरले सिथिल पारेको परिस्थितीबाट गुज्रदै गरेको अवस्थामा NCSC को गतिबिधिहरुलाई पुन कृयाशिलता ल्याउनु एउटा चुनौती थियो भने Euless project शुरुवात गरी समुदायमा गरिएको प्रतिबद्धता लाई कार्यरुप दिनुपर्ने अर्को महत्वपूर्ण काम बर्तमान कार्यसमितिको उत्तरदायित्व थियो

यसैगरी DFW एरियामा अमेरिकाको अन्य स्थानबाट बसाइसरी आउनेहुने समुदायलाई NCSC को योजनामा समाहित गराउन रिच आउट गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी यो समितिले आफ्नो कार्य अगाडी बढाउने क्रममा सहयोगी भूमिका निर्बाह गर्नुहुने सम्पूर्णमा NCSC Team हार्दिक धन्यवाद ब्यक्त गर्दछौँ

2007 बाट NCSC को यात्रामा जोडीनुहुने बिभिन्न सदश्यहरुको सम्मानमा गत 2019 बाट शुरुवात गरिएको सम्मान तथा रात्रीभोज 2020 मा स्थगित गरिएको भए पनि पुन सन्चालनमा ल्याइएको जुन भबिश्यमा पनि निरन्तरता दिने योजना रहेको सबैमा जानकारी गराउदछु गत जुलाइमा गरिएको सम्मान कार्यक्रममा 3 परिवार Patron, 26 Trustees  परिवार तथा 140 परिवार संस्थापक सदश्यहरु सम्मान हुनुभएको थियो भने Dec 4th,2021 मा 2 परिवार Patron, 12 Trustees परिवार तथा 83 परिवार संस्थापक सदश्यहरु सम्मान हुनु भएको सबैमा जानकारी छ। त्यसै गरी Dec 4th पस्चात 1 परिवार Patron, 7 Trustees परिवार तथा 51 परिवार  जोडीन आइ  हाल सम्म बिभिन्न सदश्यहरुको सँख्या निम्न रहेको छ।

Total Patron – 11 Family ((All Patrons are Founding Members)

1

Anil K Pathak & Arati Pathak

2

Bashu Bhandari & Bimala Bhandari

3

Bhim Karki & Indira Khadka

4

Dr Murali Adhikari & Dr Laxmi Paudel

5

Dr Sanjeeb Shrestha & Dr.Jharana Shrestha

6

Gouri Raj Joshi & Kayam Joshi

7

Kapil Dev Adhikari & Anupa Adhikari

8

Krishna Babu Pant & Nagin Pant

9

Mahendra Kunwar

10

Naresh Pandey /Mandy P Pandey

11

Sailendra Manandhar & Ramita Shrestha

 

#  Institutional Trustees - 2 (NST & Yeti)    # Trustees 248 (All Trustees are Founding Members)

# Founding Members - 954 Members # Life Members 62

बर्तमान बिधान अनुसार Dec 31st, 2021, पस्चात संस्थापक सदश्यको अबधी समाप्त हुने भनिए पनि यसै साधारण सभाले केही महत्वपूर्ण निर्णय लिनेछ भन्ने आशा राख्दछु, जुन बिधान सम्सोधन समितिले प्रस्तुत गर्नेछ

सदश्यज्युहरु,

बिगत केहीबर्षहरुबाट ग्रह नक्षत्रहरुको गणना अनुसार सबै तिथिहरु नेपालको भोलिपल्ट नै पर्दछ भन्ने सही नभएको बिज्ञहरुको रायलाई मध्यनजर् गरी नेपाल पन्चाङ् निर्णए समितिको प्रमाणित तथ्यको आधारमा अन्तरराष्ट्रिय पन्चाङ् निर्णय समितिले तयार गरेको दिव्य दृष्टि पात्रो हामीले प्रकाशन गर्दै आएका छौं तर समुदायमा बिभिन्न चाडहरु तिथिको आधारमा मनाउने कि रितिको आधारमा मनाउने भन्ने बिषयमा एकरुपता ल्याउन केही समय तथा तथ्यहरु आवश्यक रहेको महशुस भएको आउँदा दिनहरुमा के कसरी जाने भन्ने बिषयमा छुट्टै छलफल आबश्यक , तत्काल त्यस बिषयलाई सम्बोधन गरिने

सदश्यज्युहरु,

हामीले २०१२ मा खरिद गरी आबश्यक मर्मतसम्भार पछी प्रयोगमा ल्याइएको यस भवन 1.5 मिलियनमा बिक्री गरिसकेको तपाईं सबैमा जानकारी नै आउदो 2022 मार्च महिनामा हामी यस् भवनबाट Euless मा निर्मित भवन 1212 Royal Parkway Euless Tx,76040 मा सर्दै छौ। यहाँबाट Euless सर्ने क्रममा मन्दिरको दैनिक गतिबिधिमा केही प्रभाब पर्न सक्ने ब्यहोरा पनि यस सभामा जानकारी गराउदछु

 Euless project निकट भबिश्यमा के कसरी अगाडि बढाउने,समुदायलाई आवश्यक पर्ने योजनाको आर्थिक ब्यबस्थापन कसरी गर्ने,समाजमा नयाँ उपस्थिती जनाउनुहुने तथा अझै पनि NCSC अभियानमा समाहित हुन नसक्नुहुने समुदायलाई कसरी थप सहभागी गराउने भन्ने बिषयमा NCSC बिधानमा केही नयाँ प्रस्ताबहरु प्रस्तुत गरेका छौ जुन बिधान सम्सोधन समितिबाट प्रस्तुत हुने नै छ।

 # धन्यबाद प्रस्ताब-

 # आज हामी आफ्नो मातृभूमीबाट कर्मभुमिको बसाइलाई आध्यत्मिक,धार्मिक, सामाजिक तथा मित्रताको भावना मा प्रेरित गर्न NCSC को महत्वपूर्ण भूमिका रहेको कसैले नकार्न सक्दैन। NCSC तात्कालिन परिकल्पनाकारहरु, बिशाल योजनामा आर्थिक सहयोग पुर्याउनु हुने Patron ज्युहरु, सम्पूर्ण Turstees, Founging Members, Life Members  तथा General Members हरु सबै सबैमा हार्दिक आभार ब्यक्त सहित धन्यवाद ब्यक्त गर्दछु। 

# NCSC को यस् यात्रामा आफ्नो योग्यता ज्ञानलाई धार्मिक तथा सेवामा समर्पित गर्नुहुने आदरणिय् मूल गुरु लगयात सम्पूर्ण गुरुहरु, जीवनको सेवानिमित्त अबधिलाई पनि उर्जाशिल बनाइ दैनिक ब्यबस्थापनको जिम्मेवारि बहन गर्नुहुने ब्यबस्थापक ज्यु, अमेरिकाको ब्यस्त जीवनमा पनि परिवारलाई दिनुपर्ने आफ्नो सिमित घण्टालाई परिवारबाट खोसेर NCSC को दैनिक Volunteer मा आफ्नो समय ब्यतित गर्नुहुने सम्पूर्ण NCSC Team  का साथीहरु, मन्दिरको नियमित गतिबिधि तथा बिभिन्न समयमा उपस्थिती भइ सहयोग गर्नुहुने तमाम Volunteer ज्युहरु लगायत प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउनुहुने सबैमा NCSC यस साधारण सभा धन्यवाद प्रस्ताब प्रस्तुत गर्दछ।

# NCSC को Euless Project एक महत्वकांक्षी Project थियो आज आएर यो एक अनिवार्य लगभग सम्पन्नताको बाटोमा अग्रसर Project भएको छ। यस Project लाई अग्रभागमा रहेर काम गर्नुहुने सम्पूर्ण BOT Team, आर्थिक कमिटी,निर्माण सहयोग Team, बिशेष गरी Engineering Team लगायत रबी अधिकारी ज्यु सहित् Construction Contractor सबैमा धन्यवाद ब्यक्त गर्न चाहन्छु।

 

# हामी सबैलाई अबगत नै कि NCSC को स्थापना NST द्वारा भएको हो। नेपाली समुदायलाई नै सेवा सहयोग गर्ने उद्धेश्यले गठन भएका दुई संस्था NST NCSC एक अर्काका परिपुरक संस्थाहरू हुन।यो ऐतिहासिक सम्बन्धलाई अझ गाढा प्रगाढ बनाए मात्र नेपाली समाज वास्तबिक रूपमा लाभान्वित हुने भन्ने तथ्यलाई पूर्ण रूपमा महसुस गरि हातेमालो गरेर अघि बढिरहेका छन।

पिता संस्थाको रूपमा NST को अधिकार जति , त्यति नै NCSC प्रति कर्तब्य जिम्म्वारी निर्बाह गर्नु पर्ने कुराको महसुस गर्दै, NCSC को बढ्दो आर्थिक भारलाई टेवा पुर्याउने उद्धेश्यका साथ मासिक रूपमा utilities बापत $1500.00 सम्म सहयोग गर्ने NST को निर्णयलाई आजको यो साधारण सभाले हार्दिक स्वागत गर्दछ र यस   सह्रानिय सहयोगका निम्ति NST लाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौं

साथै, NST को पछिल्लो साधारण सभाले NST कार्य समितिमा NSCS का तर्फबाट जना प्रतिनिधी सहभागि गराउने NST को बिधानमा संलग्न गरेकोमा धन्यबाद प्रकट गर्दै हार्दिक स्वागत गर्दछौं।

स्मरण रहोस, NCSC को सन २०१४ मा बनेको पहिलो बिधानबाटै NCSC को कार्यसमितिमा NST बाट जना प्रतिनिधि रहने ब्यबस्था गरेको

 

Euless Project चुनौतीपूर्ण सम्भावना-

आदरणिय् सम्पूर्ण सदस्य ज्युहरु,

NCSC को यो यात्रा भोलिका दिनमा अझ चुनौतीपूर्ण सम्भावना युक्त हुने वाला छ।

हामीले Irving स्थित यो भवन बिक्री गरी सकेको पुनर निर्माण गरिएको Euless भवनमा चाडैनै सर्दै छौं

Euless  मा पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाको खाका तयारी भएको छ। २००७ बाट आजका मिति सम्म हामीले लगभग 3.5 Million Donation सङ्कलन गरेका छौं Euless Project सम्पन्न गर्न अझै हामीलाई 3 Million थप आर्थिक भर पर्ने वाला छ। त्यस्को लागि आर्थिक सन्कलन टिम तथा निर्माण समितिबाट भोलिका दिनमा ठोस् योजना प्रस्तुत हुने त्यसलाई स्विकार गरी दिनुहुनेछ भन्न विश्वाश राख्दछु।

अमेरिकाको स्थाइ बसोबास सगै यस क्षेत्रमा हाम्रो समुदायको व्यापार ब्यबशाय बढदो रुपमा हुँदै साथै DFW एरियामा अन्य राज्यबाट बसाइ सरी आउनुहुने कयौ साथीहरु मन्दिरको यात्राामा समहित हुँदै हुनुहुन्छ,त्यसै गरी हाम्रो अमेरिकाको बसाइ पहिलो पुस्ता हो हामीले यहाँको मुल धारमा समाहित हुन समय लाग्नु स्वाभाबिक पनि हाम्रा दोस्रो पुस्ता तथा युवा भाईहरु आर्थिक, शैक्षिक रुपमा अबस्यपनि थप सक्षम छन हुनेछन उनिहरुको मन्दिर तर्फको आकर्षण बिस्तार बिस्तार शुरुवात भएको यसलाई हामीले पुस्ता हस्तान्तरण तथा आर्थिक कार्यभार दुबै रुपमा साकारात्मक रुपमा लिनु पर्दछ प्रोत्शाहन गर्नु पर्ने जिम्मेवारि बहन गर्नु पर्दछ।

NCSC को यस यात्रामा सम्पूर्ण DFW बासी दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागिता आवश्यकता छ। "एक घर एक मेम्बर"अभियानलाई सफल बनाउन तपाईं सबै सबै NCSC दुतको रुपमा लागि दिनु भयो भने हाम्रो योजना निर्माण पूर्ण हुन्छ नै अमेरिकामा आउदो पुस्तामा हाम्रो पहिचान,धर्म,सँसकार सँरक्षण गर्नमा एक कोशे ढुङ्गा साबित हुनेछ।

अन्त्यमा,

NCSC को यस साधारण सभामा उपस्थिति जनाउनु हुने तथा उपस्थिति जनाउन नसक्नु हुने सबै सबैमा धन्यवाद ब्यक्त गर्दै " आउनुहोस हातमा हातगरौ, साकारात्मक सुझाब सधैं कडा रुपमा प्रस्तुत गरौं, आन्तरिक आलोचना बाहिय प्रसम्साको सुत्र लागु गरौं, कमिकमजोरिलाई हार्दिकता साथ स्विकार गरौं आलोचना भन्दा Volunteering मा जोड दिउँ, आपसमा सदभाब कायम गरौं, नकारात्मक छोडौं साकारात्मक् बनौं

 

भोलि होइन आजैबाट शुरु गरौं

धन्यवाद!!

Nepali Cultural And Spiritual Center (NCSC)