श्री सम्पूर्ण दाजुभाई तथा दाजुभाई तथा दिदीबहिनीहरु,
यस वर्ष २०७८ को स्वस्थानी महात्म्य (कथा वाचन तथा श्रवण) शुरु गर्ने दिन आगामी सोमवार, जनवरी १७ पौष शुक्ल पूर्णिमाको दिनमा परेकोछ . यस अवधिभर इच्छुक भक्तहरुको उपस्थितिमा श्री स्वस्थानीको कथा वाचन यस श्री पशुपतिनाथ तथा बुद्ध विहारबाट अनलाइनबाट प्रत्यक्ष (live) प्रशारण गर्ने कार्यक्रम रहेको जानकारी गराउन चाहन्छौँ .
कथा वाचन सोमवार, जनवरी १७ को दिनमा शुरु भै मंगलवार, फरबरी १५, माघ शुक्ल पूर्णिमाको दिनमा समापन (साङ्गे) हुनेछ .
आफ्नो सुबिधा र अनुकुलता अनुसार मन्दिरमा उपस्थित भै कथा वाचनमा सहभागी हुन इच्छुक भक्तहरुले आ-आफ्नो नाम अग्रिम टिपाउनु भएमा सोही बमोजिम कार्यक्रम तय गर्न सुबिधा हुने समेत जानकारी गर्नुहुन अनुरोध गर्दछौं . यस पूनित कार्यमा यहाँहरुको सक्रिय सहभागिताको अपेक्षा गरेका छौं .
कथा वाचन हुने मिति, स्थान र समय:
मिति जनवरी १७ देखि फरबरी १५ २०२२ सम्म दैनिक
समय: बेलुका ६:०० बजे
स्थान: श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार, अर्भिंग
बिशेष: कोभिडबाट आफु बच्न र अरुलाई बचाउन मन्दिर परिसरमा अनिवार्य मास्क लगाउनु पर्नेछ भने ह्यान्ड स्यानिटाइजरको व्यवस्था पनि गरिएको जानकारी गराउंछौं
थप जानकारीको लागि सम्पर्क:
गुरु मेघराज निरौला (682) 313-5380
छबी मणि चापागाईं (972) 793-2157
हरि रेग्मी (510) 417-8907