महाशिवरात्रि २०२२ (वि. सं . २०७८) को कार्यक्रम

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु

नमस्कार !

हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव श्री शिव (श्री पशुपतिनाथ) को जन्मदिनको रूपमा मनाइने  (वि. सं. २०७८ को) महाशिवरात्रि पर्व आउँदो फरबरी २८ तारिख, सोमवारमा परेकोले सो दिन अर्भिंग टेक्सास (Irving, Texas) स्थित श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा निम्न बमोजिम विविध कार्यक्रमका साथ मनाइने सबैमा जानकारी गराउंदछौं:

  • सोमवार, फरबरी २८ विहान १०:०० बजे रुद्रीपाठ सहित पन्चामृत अभिषेक (रुद्राभिषेक स्नान) .
    • सो दिनमा बिहान ९:०० बजेदेखि साँझ ८:३० बजेसम्म (दिनभरी) जल तथा दुध अर्पणको लागि मन्दिर खुला रहनेछ .
  • मध्यान्ह १२:०० बजे नित्य आरती .
  • साँझ ५:०० बजे – महाशिवरात्रि बिशेष १०८ दीप प्रज्वलन, सामुहिक अर्चना, पूजा आराधना, यथायोग्य भजन कीर्तन .
  • साँझ ७:३० बजे नियमित सन्ध्या आरती .
  • साँझ ८:३० बजे श्री पशुपतिनाथको प्रसाद वितरण सहित सो दिनको कार्यक्रम समापन हुनेछ .

नेपालको पन्चांगको अनुशरण गरी शिवरात्री मनाउन चाहनेहरुको लागि मंगलवार, मार्च १ को दिनमा समेत बिहान ९:०० बजेदेखि साँझ ७:३० बजेसम्म मन्दिर खुला रहनेछ .

सोमवार. २८ फरबरीको साँझ श्री पशुपतिनाथको सामुहिक पूजामा सहभागी हुन इच्छुक भक्तजनहरु अपरान्ह ४:५० बजे भित्रमा फुल प्रसाद सहित उपस्थित भै सक्नुहुन समेत अनुरोध गर्दछौं .

थप जानकारीको लागि सम्पर्क:

972-986-7779  (मन्दिर समयमा मात्र)

(510) 417-8907  हरि प्र. रेग्मी (मन्दिर व्यवस्थापक)

(318) 200-6026  शेखर प्र. पण्डित (मूल गुरू)

(682) 313-5380 मेघराज निरौला (गुरू)

(469) 371-1459 भेषराज शिवाकोटी (पूजा समिति संयोजक)