अन्तरकृया कार्यक्रम

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय दाजुभाई तथा दिदीबहिनीमा

हार्दिक आमन्त्रण |

श्री पशुपतिनाथ मन्दिर तथा बुद्ध विहारले अमेरिकाको समय र सूर्योदयका आधारमा अमेरिकाका लागि बनाईएको र नेपाल पंचांग निर्णय समितिको स्वीकृति प्राप्त पात्रोका आधारमा अमेरिकामा पर्ने तिथि अनुसार मन्दिरमा विभिन्न चाड, पर्वका पूजा आराधना गर्दै आएको छ | 

त्यसो गर्दा कुनै चाड, पर्व अमेरिका र नेपालमा फरक दिनमा पर्दा हामीहरु द्विविधामा पर्ने पनि गरेका छौं | तर, यसको वास्तविक र तथ्यगत आधार के हो त ? यो ज्योतिष विज्ञान सम्मत हो वा कुनै लहडका आधारमा गरिएको हो ? आउनुहोस, यसका वारेमा आफ्ना मनमा लागेका प्रश्न गरौँ, बृहद मन्थन गरौँ, छलफल गरौँ |

यस सम्बन्धि कुनै पनि प्रश्नको जवाफ दिन, विचार विमर्श गर्न हामीसंग हुनुहुन्छ नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको एक मात्र आधिकारिक निकाय नेपाल पंचांग निर्णायक समितिका पूर्व अध्यक्ष एवं अन्तरराष्ट्रीय पंचांग निर्णायक समितिका अध्यक्ष प्रा. माधव प्रसाद भट्टराई |

अन्तरक्रिया कार्यक्रमको मिति, समय र स्थान:

मिति: आइतवार, March 27

समय: विहान १०:३० बजे 

स्थान: नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) सभा हल 

प्रार्थी: कार्यकारिणी समिति, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र