खग्रास चन्द्र ग्रहण सम्बन्धि सूचना
भोलि आइतवार May 15, 2022 को दिनमा खग्रास चन्द्रग्रहण परेको छ |
चन्द्र ग्रहण प्रारम्भ - २१:२८ (अर्थात् साँझ ९ बजेर २८ मिनेटबाट)
चन्द्र ग्रहण समाप्त – ००.५४+ (अर्थात् रात्री १२ बजेर ५४ मिनेटसम्म)
खग्रास प्रारम्भ २२:२९ बजे (अर्थात् रात्री १० बजेर २९ मिनेटबाट)
खग्रास समाप्त २३:५३ (अर्थात् रात्री ११ बजेर ५३ मिनेटसम्म)
सबैजनाको लागि सूतक प्रारम्भ - प्रातः साँझ ९:५६ बाट
सूतक समाप्ति - रात्री १२:५४ मा
बच्चा, बृद्ध, बिरामी तथा अशक्त जनहरुका लागि सूतक आरम्भ १६:५२ (अर्थात् अपरान्ह ४:५२ बजेबाट) हुने हुँदा त्यसपछी भोजन गर्न तथा काम्यकर्महरु (जुराएर गरिने पूजा पाठ) इत्यादी निषेध हुन्छ |
माथिका कारणहरुले गर्दा यस श्री पशुपतिनाथ मन्दिर तथा बुद्ध विहारको सन्ध्याकालीन आरति अपरान्ह ४:३० मा सम्पन्न गरी ५:०० बजेबाट (मन्दिर) दर्शनार्थीहरुको लागि बन्द हुने जानकारी गराउन चाहन्छौँ |
यसबाट पर्नजाने असुविधाको लागि क्षमा प्रार्थी छौं |
विनित
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)
थप जानकारीको लागि सम्पर्क: मेघराज निरौला गुरू, फोन नम्बर: (682) 313 5380