बर्ष २०२२ (बि. स. २०७९) को रक्षा बन्धन (जनै पूर्णिमा) सम्बन्धि सूचना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

येन बद्धोवलिः राजा, दानवेन्द्रोमहावलःतेनत्वांप्रतिबध्नामि, रक्ष मा चल मा चल”

अर्थात्:-

जुन रक्षासूत्रले अत्यन्त वलशाली राजा वलि पनि बाँधिएका थिए र सारा देवगण सुरक्षित भएका थिए, आज म त्यस्तै रक्षासूत्र बाँधेर तपाइँलाई पनि सुरक्षित गर्दछु।”

नेपाली संस्कृति र परम्परा अनुसार वैदिक सनातन हिन्दुधर्मावलम्वीहरूले मनाउने चाडपर्वहरु मध्येको एउटा मुख्य पवित्र पर्व/चाड ऋषितर्पणी (जनैपूर्णिमा) एवं रक्षाबन्धन प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाको दिन मनाईने विशिष्ट पर्व हो भन्ने सर्व विदितै छ ।

बर्ष (सन् २०२२) को ऋषि तर्पणी (श्रावणी, जनै पूर्णिमा, रक्षाबन्धन) अमेरिकामा यही August 11, 2021, विहीवारको दिनमा परेको छ

अतः Agust 11, विहीवारका दिन सप्तर्षि पूजा गरी वैदिक विधिले अभिमन्त्रण गरेर यज्ञोपवित (जनै) धारण गर्ने तथा रक्षाबन्धन लगाउने कार्यक्रम श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार Irving मा विहान ८ बजेबाट सांझ ७ बजेसम्म गरिनेछ सो अवसरमा यहाँहरु सबैले आफूलाई उपयुक्त समयमा मन्दिरमा उपस्थित भएर यज्ञोपवित (जनै) धारण गर्न तथा रक्षबन्धन लगाउनका लागि अनुरोध छ ।

नेपालको समयानुसार नेपालमा चाहिं रक्षाबन्धन August 12 शुक्रवार परेकोछ उक्तदिन पनि पूर्व दिनमा अभिमन्त्रण गरिएका जनै तथा  रक्षाबन्धन धारण गर्ने सुविधाका लागि मन्दिर खुल्ला रहने कुरा यहाँहरुलाई जानकारी गराइन्छ

COVID को प्रकोप पूर्ण रूपले निर्मूल भै नसकेको अवस्था भएकोले मन्दिरमा पनि स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउनु जरूरी हुने स्मरण गरी मास्क र ह्याण्डस्यानिटाइजरको प्रयोग गर्ने जस्ता सुरक्षाका सामान्य नियम पालना गरी दिनुहुन विनम्र अनुरोध छ ।

घर परिवारको लागि आवश्यक पर्ने जनै तथा रक्षाबन्धन मन्दिरमा उपलब्ध हुनेछ।

धन्यवाद ।

थप जानकारीको लागि #

(972) 986-7779- मन्दिर समय

(318) 200-6026 - गुरू शेखर पण्डित

(682) 313-5380 -गुरू मेघराज निरौला

(972-793-2157 - छवि मणीचापागार्इं

(817) 703-4828– सुरेश चन्द्र पोखरेल

(510) 417-8907- व्यबस्थापक