तीज पूजा

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

तीज विशेष सूचना ….

भाद्रशुक्ल तृतीया तिथिका दिनमा’ निराहार वा फलाहारपूर्वक व्रत बसेर उमामहेश्वर भगवानको पूजा आराधना गर्दै मनाइने नेपाली नारीहरूको महान् चाड हरितालिका तीज अवसरमा NCSC का तर्फबाट सम्पूर्ण नेपाली आमा, दिदी बहिनीहरूलाई शुभकामना अर्पण गर्दछौं ।
पुराणहरूका अनुसार विवाहिता नारीले आफ्नु अविच्छिन्न सौभाग्य अभिबृद्धि होस् साथै आफ्ना पति तथा सन्तानहरूको दीर्घायु, सुस्वास्स्थ्य र सुख समृद्धि प्राप्ति होस् भन्नका लागि यसैगरी अविवाहिता कन्याहरूले आफ्नु मनोवान्छा सिद्धि तथा सुयोग्य पति प्राप्ति गर्नका लागि व्रत र प्रार्थनासहित उमामहेश्वरको पूजा आराधना गरेर मनाईने विशिष्ट चाड हरितालिका तीज यसवर्ष स्थानीय समयानुसार यही August 29 Monday का दिन परेको छ |

“भाद्रशुक्लतृतीयायां हरितालिकाव्रतम् ।” ‘भाद्रशुक्ल तृतीया तिथिका दिनमा हरितालिका तीजको व्रत गर्नु ‘ यस्तो वचन अनुसार यहां यो वर्ष August 29 सोमवारका दिन प्रातः 03:45AM बाट भाद्रशुक्लतृतीया सुरु हुने र मंगलवारको सूर्योदय भन्दा करीव 4 घण्टा पहिले नै तृतीया सकिएर चतुर्थी लागिसक्ने देखिदा मन्दिरमा हरितालिका तीजको व्रत पूजा सोमवारलाई आयोजना गरिएको कुरा जानकारी गराउदछौं ।

यसवर्ष तीज पूजा August 29 Monday का दिन जम्मा 4 समूहमा गरिने छ ।
पहिलो समूह पूजा 09:30-11:30 AM
दोस्रो समूह पूजा 12:30-02:30 PM
तेस्रो समूह 03:00-05:00 PM
चौथो (अन्तिम) समूह 05:30-07:30 PM

नेपाली पात्रो अनुसार मंगलवार August 30 तारिखमा पूजागर्न चाहने  दिदीबहिनीहरूका लागि उक्त दिन पनि श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पूजा गराइने जानकारी गराइन्छ । 30 तारिख मंगलवारका दिन निम्न समय तालिका अनुसार पूजा गराइनेछः

पहिलो समूह पूजा 09:30-11:30 AM
दोस्रो समूह पूजा 12:30-2:30 PM
तेस्रो (अन्तिम) समूह 3:30-5:30 PM

पूजामा सहभागी हुनु हुने दिदी बहिनीहरूले online Registration गरेर आफ्नु ईच्छाएको समयमा सहभागी हुन सक्नु हुने छ ।

नाम दर्ताको लागि लिंकः http://www.ourncsc.org/special-event

August 30 Tuesday गणेंश चौथी व्रत पूजा प्रातः 11:00 बजे बाट ।
August 31 Wednesday ऋषि पन्चमी व्रत पूजा दिवा 12:30 PM बाट ।

August 29, 30 र 31 तीनै दिन मन्दिर दिनभर खुल्ला रहने छ ।

-NCSC