हरितालिका तीज २०७९

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय दिदीबहिनीहरूमा हरितालिका तीज तथा ऋषि पंचमीको शुभ अवसरमा नमस्कार र हार्दिक शुभकामना ।

यस वर्षको हरितालिका तीज अगस्त २९ तारिख सोमवार परेकोले मन्दिरमा आयोजना गरिने तीज पूजामा सरीक हुन ईच्छुक दिदीबहिनीहरूका लागि यस वर्ष पनि online registration को व्यवस्था गरिएको हुँदा समयमै आफ्नो स्थान सुरक्षित गर्नुहुन अनरोध छ ।

रजिष्ट्रेसनका लागि लिंक-

https://www.ourncsc.org/special-events.php

अगस्त २९ तारिख सोमवार मन्दिरमा गरिने तीज पूजा निम्न बमोजिम  ४ (चार) समूहमा गरिनेछ।

पहिलो समूह- 9:30  AM to 11:30 AM

दोश्रो समूह – 12:30 AM to 2:30 PM

तेश्रो समूह - 3:00 PM to 5:00 PM

अन्तिम समूह - 5:30 PM to 7:30 PM

मन्दिरमा पूजाको लागि सहभागीले ल्याउनुपर्ने आवश्यक पूजा सामाग्री:

# टीका, चन्दन, धुप, फूल, माला, तील-जौ तथा भेटी/दक्षिणा

# सौभाग्य सामाग्री, विभिन्न रंगको कपडा, कांचो नरिवल

# कलश, दीयो, पूजागर्ने प्लेट ५, बोल (कचौरा) ५,

# आँप, पिपल, बेलपत्र, पान का पातहरू

#  चामल, रक्षाबन्धनको धागो, पंचामृत, फलफुल, पक्वान्न नैवेद्य (प्रसाद)

***(कुश, जनै, सुपारी, शिवलिंग र आल्मुनियम ट्रे मन्दिरबाट उपलब्ध गराइनेछ) ।

_______________________________________

शिवलिंगमा दुध/जल अर्पण गर्नेहरुको लागि मन्दिर दिनभरी खुल्ला रहनेछ ।

अगस्त ३० तारिख, मंगलवार मंगल (गणेश) चौथी व्रत पूजा दिनको १२:०० बजेबाट शुरु हुनेछ ।

अगस्त ३१ तारिख, बुधवार ऋषि पंचमी व्रत पूजा १२:३० बजेबाट शुरु हुनेछ ।

पूजा शुरु हुनुभन्दा १५ मिनट अगाडि मात्र उपस्थित हुन अनुरोध छ ।

मन्दिर उपरोक्त ३ दिनहरु (अगस्त २९, ३० र ३१) मा दिनभर खुला रहनेछ ।

यो निमन्त्रणा सबै दिदीबहिनीहरू समक्ष पुर्याई सहयोग गर्नु हुन अनुरोध

ॐ नम: शिवाय

NCSC Executive Committee