* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.
*** Sunday's (Sep 4th, 2022) BOT Meeting Canceled ****
आदरणीय ट्रष्टी तथा प्याट्रन ज्यूहरु,
नमस्कार !
Labor-day Long Weekend को कारणले ट्रष्टीज्यूहरु हरुबाट आएको अनुरोधलाइ मध्यनजर राख्दै पर्सि (Sep 4, 2022) हुने भनिएको BOT को मिटिंग अर्को सूचना प्रकाशित नहुंदा सम्मकालागि स्थगित गरिएको जानकारी गराइन्छ।
धन्यबाद।
स्रिजना शर्मा
सचिव, बोर्ड अफ ट्र्ष्टी
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र
आदरणीय ट्रष्टी तथा प्याट्रन ज्यूहरु,
नमस्कार !
अर्भिंग भवनबाट आएको रकमले सबै ऋण चुक्ता गरि हामी अहिले शुन्य ऋणको अवस्थाबाट इउलेसप्रोजेक्टमा कार्यरत छौ। यो उपलब्धि हाम्रोलागि अवश्यपनि आफैमा गौरबपूर्ण छ।
इउलेसमा निर्माणाधिन Phase-1 अन्तरगतको भवन, केही पार्किंग Spot बाहेक, आउंदो १५ दिन(सेप्टेम्बर १८) भित्र पूर्ण हुनेछ भन्ने हामीले बिश्वास लिएका छौं। Phase-1 को कार्य संगै हामीसंगरहेको संचित रकम पनि सकिने क्रममा छ। हाल निर्माणाधिन भवनमा जन समुदायको भावनालाइ समेटन गरिएका Change/Upgrade कालागि खर्चिएको रकम लगभग $३५०,००० हुन आएको छ। त्यसैगरी, कन्ट्राक्टरको underestimated cost projection साथै २०-२५% सामान/श्रमिक ज्यालाको मुल्य बृद्धिको कारणले हामीले लगभग $३००,००० थप्नु पर्ने हुन्छ।
समग्रमा Phase-1 पूरा गर्न हामीलाइ पहिले निर्धारित बजेटमा थप $६००,००० जति चाहिने अनुमानगरिएको छ। स्मरण रहोस, यसै Phase-1 मा नै हामीले भावी Phase-2 का लागि चाहिने कम्तिमा ८०% Civil work पूरा गरिनेछ। निर्माणाधिन भवन र यसलाइ चाहिने Parking, firelane, walking trail लगायतका अन्य Civil कार्य complete गर्न हामीसंग पैसा पुगेता पनि यसै Phase-1 अन्तरगत समावेश गरिएको Phase-2 का लागि आवश्यक पर्ने पार्किंगहरु र केहि Civil work कालागि हामीसंग पैसा पुग्ने अवस्था छैन।
माथि उल्लेखित समग्र बिषयमा छलफल गर्न साथै भवनको निरिक्षण गर्नकालागि आउंदो आइतबार (सेप्टेम्बर ४, २०२२) बिहानको १०:०० बजे का दिन NCSC को इउलेस भवनमा BOT र Patron सहितको मिटिंग आव्हान गरिन्छ। यो अति गम्भिर र महत्वपुर्ण मिटिंग भएकोले कृपया आ-आफ्नो समय निकालेर उप्स्थित भै दिनुहोलाभनि अनुरोध गरिन्छ।
धन्यबाद।
स्रिजना शर्मा
सचिव, बोर्ड अफ ट्र्ष्टी
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र