नेपाली सांस्कृतिक तथा आध्यत्मिक केन्द्र (NCSC)
साधारण सभा
Dec 18th,2022
नमस्कार,
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)बार्षिक साधारण सभा २०२२का अध्यक्ष महोदय,
NCSC का सम्पूर्ण संरक्षक(Petron ),Trustees, Founding Members, Life Members एवं General Members ज्यूहरु,
श्री पशुपतिनाथ मन्दिर तथा बौंद्ध विहारका संम्मानित प्रमुख गुरु लगायत सम्पूर्ण गुरुहरु, व्यबस्थापक ज्यू तथा उपस्थित दाजुभाईतथादिदी बहिनीहरूलाई NCSC को यस बार्षिक साधारण सभा २०२२ मा स्वागत तथा अभिवादन गर्न चाहान्छु।
NCSC को गत साघारण सभाबाट आजका दिन सम्मको बार्षिक गतिबिधि तथा आगामी बर्षको योजनाको बारेमा सामान्य जानकारी प्रस्तुत गर्न यहाहरूको अगाडी उपस्थित भएको छु।
गत २ हप्ता अगाडी NCSC2023/24 को लागि भएको निर्वाचन प्रकृया अगाडी बढने यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन समिति, निर्वाचित पदाधिकारी तथा मनोनयन फिर्ता लिने सबै सदश्यहरु लगायत सबै शुभचिन्तकहरुमा यो सभा हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछ।
विगतबर्षको Covid को धुकधुकी प्रभाब यस बर्ष पनि केही मात्रामा निरन्तरता रहेको सबैमा जानकारी नै छ।
जसको कारण मन्दिरको चहल पहल २०२० भन्दा अगाडी जस्तो हुन नसकेको बिदितै छ। तर हरेक आईतवारको महाप्रसादको निरन्तरता कायम गर्न सफल भएका छौ ।
गत बर्षको Decemberमा Irving को यस भवन विक्री पश्चात जतिसक्दो नवमिर्मित Euless भवनमा सर्ने योजना बनाउदा बनाउदैयहा सुधार गर्नु पर्ने कुरामा थप व्यय भार नगरौं भन्ने उदेश्यले कतिपय मर्मत तथा सुधारकालकामहरुलाई थाति राखेको हुनाले असुबिधापर्न गएको भए क्षमा प्रार्थि छौं। EulessBuilding मा सर्ने योजना बनाउदैगर्दा समय परिस्थितिले निर्माण कार्य समयमा नै सम्पन्न नभएकोलेहालको भवनमा नै रहनु पर्दाको वर्तमान अबस्थामा मासिक भाडाको कारण थप आर्थिक भार परेको छ तर पनि हालको दिन सम्म EC कोआफ्नै नियमित आयश्रोतबाट व्यबस्थापन गर्न सफल रहेको व्यहोरा जानकारी गराउदछु।
EulessBuilding तयारी ढिलो सम्पन्न हुनुको कारणहरु तथा आर्थिक बिवरण BOT बाट निर्मित निर्माण समितिबाट प्रस्तुत हुनेछ भन्ने बिश्वास दिलाउंदछु।
सम्पूर्ण सदश्य ज्यूहरू,
पात्रो तथा चाडपर्व-
गत बर्षहरू झै अमेरिका र क्यानडाको लागि पात्रो तयार गर्ने कार्य हामीले यसबर्ष गरेनौं तर अन्तराष्ट्रिय पंचाग निर्णायक समितिले तयारगरेको पात्रोको आधारमा क्यालेण्डर
तयार गरि मन्दिरका पुजा पाठ चाडपर्वहरू सोही क्यालेण्डरकाआधारमा गरि आएको बिदितै छ।तिथिहरू एकै समयमा शुरुवात हुने भएकाले नेपालमा भन्दा कतिपय तिथिहरू
अमेरिकाको समयअनुसार अगाडी नै पर्ने रहेछन र त्यसैअनुसार पुजापाठ गरिए जुन अमेरिकामा भएका २/४ जना गुरूहरू तथा NCSC को निर्णय अनुसार गरिएका होईनन,
नेपालमा पनि पात्रो निर्माण गर्ने संस्था नेपाल पंचाग निर्णायक बिकास समिति सहितको सहभागिता र शूभकामना प्राप्त अन्तराष्ट्रिय पंचाग निर्णायक समितिको निर्णयहरू
हुन (हेर्नुहोस क्यालेण्डर प्रथम पेज)जुन कार्य गर्ने जिम्मा वा योग्यता तत् सम्बन्धि बिज्ञहरूको हो हाम्रो होईन।
तर पनि नेपाली परंपरा, संस्कार र निरन्तरता दिन चाहाने भक्तहरूको लागि मध्यनजर गरि आवश्यक परेको अबस्थामा २ दिन नै मन्दिरमा पुजा व्यबस्था तथा प्रबन्ध गरि आएका छौं । तिथिहरू पुजापाठको व्यबस्थापन गर्ने क्रममा समाजलाई एकरुपता ल्याउन नसकिएको अवस्य पनि हो, संभब भएसम्म एकरुपता ल्याउनु पर्छभन्ने कुरा दुई मत छैन।
त्यसैले आगामी ३ महिना भित्र तत् सम्बन्धि आवश्यक विज्ञहरु सहितको उपस्थितिमा एक सामाजिक भेला गरी यस विषयमा टुगोंमा पुर्याउने प्रयास गर्ने प्रस्ताब गर्दछु । यहांहरू सबैको उपस्थिति र तर्कयुक्त जिज्ञाशाको अपेक्षा गरिएको छ।
NCSC को गत बर्ष भएका उपलब्धि मुलक कार्यक्रमहरू-
आगामी बर्षको कार्ययोजना-
उपस्थित संमानित सदश्यज्यूहरू,
बिगत बर्षहरूको सफल कार्यक्रमहरूलाई अझ घनिभूत रूपमा अगाडी बढाउने र पूर्ण सफलता नपाएका कार्यक्रमहरूलाई थप योजनानिर्माण गरी अगाडी बढाउने योजना नै एक
सफल समितिको योजना हुन आउछ।
आगामी बर्षको पहिलो क्वाटर भित्रका दिनहरुमा हामी Euless भवनमा सरि सकेका हुनेछौं। उक्त भवनमा सरे सगै
केही थप संभावनाका साथ जिम्मेदारी पनि बढने देखिएको छ।
उपस्थित सदश्यज्यूहरू,
यिनै बिशेष योजनाहरु सहित प्रस्तुत योजनाहरू माथी छलफल गरि आवश्यक परिमार्जन सहित अनुमोदनको लागि प्रस्तुत गर्दछु।
धन्यबाद,
छबिमणी चापागाई
महासचिब NCSC